News | Tag: President

चार देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

1 day ago

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लािग भियतनाम, नाइजेरिया, द नेदरल्याण्डस् र स्लोभाकियाका राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा राजदूतहरु क्रमशः तोन सिन थान, मुहम्मदु बुहारी, मार्टेन कोर्नेलिस भाण्डेनवर्ग र इभान लानक्यारिकले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

महिलालाई हेर्ने सोच र व्यवहार परिवर्तनले मात्र समृद्धि आउँछ : राष्ट्रपति भण्डारी

1 week ago

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला र पुरुषबीचको लैङ्गिक समानताका लागि महिलालाई आरक्षणका साथमा समानताको नीति राज्यले अवलम्बन गर्नुपर्नेमा जोड दिएकी छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा १०९औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महिला आरक्षणसम्बन्धी संवैधानिक र कानूनी संरचनाले महिला सशक्तीकरणमा चाहेअनुसारको उल्लेखनीय सुधार नदेखाएकाले अब आरक्षणका साथमा समानताको नीति राज्यले अबलम्बन गर्नुपर्ने बताइन् ।

राष्ट्रपति १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहमा सरिक

1 week ago

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहमा सरिक भएकी छिन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा यहाँ आज आयोजित सो कार्यक्रम‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार’ भन्ने नाराका साथ मनाइँदै छ ।

कस्को कमजोरीले पर्छिन् राष्ट्रपतिको विवादमा ?

1 week ago

काठमाडौँ । सेना दिवसका अवसरका नेपाली सेनाले आयोजना गरेको रात्रिभोजमा राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण लामो समय सडक अवरुद्ध भएको भन्दै सर्वसाधारणले मंगलबार ट्राफिक निर्देशन अवज्ञा गरेर गाडी चलाए। शितलनिवासदेखि सेनाले आयोजना गरेको रात्रिभोज स्थलसम्म आइपुग्न बढीमा १५ मिनेट लाग्ने भए पनि राष्ट्रपतिको सवारीका नाममा सर्वसाधारणलाई एक घन्टाभन्दा बढी सडकमा गाडी चलाउन रोक लगाइयो। यसै कारण सर्वसाधारण आक्रोशित भएर सडकमा लगाइएको निषेधको अवज्ञा गरेका हुन्।

खराब माैसमका कारण साेलुखुम्बुमै राेकिइन् राष्ट्रपति भण्डारी

1 month ago

सोलुखुम्बु । सोलुखुम्बु बहुमुखी क्याम्पसको रजत जयन्ती समारोह उद्घाटनमा सहभागी हुन पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी उतै रोकिएकी छन् ।

सपथ ग्रहण समारोहमा मन्तव्य दिईरहेकै बेला नवनिर्वाचित राष्ट्रपति ढले

1 month ago

किन्शास । लोकतान्त्रीक गणतन्त्र कंगोका नवनिर्वाचित राष्ट्रपति फेलिक्स सिसेकेडी सपथ ग्रहण समारोहमै विरामी भएका छन् । बिहीबार आयोजित समारोहमा मन्तव्य दिईरहेकै बेला उनी विरामी भएर ढलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सरकारले किनिदियो सेरेमोनियल राष्ट्रपतिको लागि डेढ अर्बको हेलिकप्टर

3 months ago

काठमाडौं । सरकारले १ अर्व ५० करोड रुपैयाँभन्दा वढी रकम खर्च गरेर राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिकप्टर खरिद गरेको छ। मन्त्रीपरिषद् बैठकबाट स्वीकृत गराएर नेपाली सेनाले राष्ट्रपतिका लागि मात्रै प्रयोग हुने गरी करिब डेढ अर्ब रुपैयाँमा इटालीमा निर्मित १४ सिट क्षमताको हेलिकप्टर खरिद गरेको हो ।

यी हुन् राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका १३ गल्ती

3 months ago

काठमाडौ‌ं । संचारमन्त्री गोकुल बाँस्कोटाले ६ मंसिर ०७५ को पत्रकार सम्मेलनमा सरकारको निर्णय मात्र सार्वजनिक गरेनन्, राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको प्रशंगमा पनि बेढंगी शैलीमा केही शब्द खर्चे। सरकारी अधिकारीहरु राष्ट्रपति र उपराष्ट्रपतिसँग जोडिएका विवादमा प्रायः मौन रहने गरेका छन्। तर, एकाएक भण्डारी र पुनको बचाउमा बाँस्कोटा उत्रिनुको लामो पृष्ठभूमिक छ।

चर्को विरोध भए पनि राष्ट्रपतिलाई नयाँ गाडी चाहियो

3 months ago

काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘अनौपचारिक’ सवारीका लागि टोयोटाको गाडी खरिद गर्न प्रतीतपत्र खोलेको छ। महँगो लिमोजिनका सट्टा तीन वटा हाइल्यान्डर किन्न लागिएको हो। त्यसमा एक बुलेटप्रुफ, अर्का दुई वटा बुलेटप्रुफ जस्तै देखिने ‘फुलअप्सन’का विलासी गाडी हुनेछन्। गाडी खरिदलाई लिएर चर्को विरोध भइरहँदा पनि सरकारले थाइल्यान्डको ओरा इन्टरट्रेड कम्पनी लिमिटेडमार्फत गाडी ल्याउने तयारी गरेको छ।

“गणतन्त्रका उच्च धरोहर राष्ट्रपति तथा उपराष्ट्रपतिलाई साइकल चढ्नुहोस् भन्न सक्छौँ ?”

3 months ago

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रपति तथा उपराष्ट्रपति जस्ता उच्च लोकतान्त्रिक धरोहरका संस्थामाथि कहीँकतैबाट आँच आउने र अपमान हुने कार्य गर्न नहुने बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, “सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा राष्ट्रपति तथा उपराष्ट्रपति पद उच्च सम्मानित पद हुन्, ती पदमाथि आँच आउने र अपमान हुने कार्य नगर्न म सबैमा आग्रह गर्दछु ।”

Page 1 of 2

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ बुधबारको तपाईको भाग्य !

यस्तो रहेको छ बुधबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल चैत्र ०६ गते । बुधवार । इस्वी सन् २०१९ मार्च २० तारिख । नेपाल संवत् ११३९ । विरोधकृत संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । फाल्गुन शुक्ल पक्ष । तिथि चतुर्दशी,०९ घडी ०२ पला, बिहान ०९ बजेर ४८ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र पूर्वाफाल्गुनी, २४ घडी १४ पला, दिउँसो ०३ बजेर ५२ मिनेट उप्रान्त उत्तरफाल्गुनि ।

विचित्र विश्व

हेर्नुस्, आङै सिरिङ्ग गराउने संसारका यी १२ दुर्लभ तस्बिर

हेर्नुस्, आङै सिरिङ्ग गराउने संसारका यी १२ दुर्लभ तस्बिर

एजेन्सी । तस्विर यस्तो एउटा जीवन्त इतिहास हो जसले हजार शब्दले बोल्न नसकेका कुरा एक तस्विरले नै बोल्न सक्छ । शब्दहरुले बताएका हजार बात झुट हुन सक्छ तर एउटा तस्विरले कहिल्यै झुट बोल्दैन ।