News | Tag: Punishment

यात्रु ठग्ने टुरिष्ट बसलाई कारवाही

2 months ago

काठमाडौं । सुविधासम्पन्न पर्यटक बसको महङ्गो भाडा लिएर साधारण बसमा यात्रा गराउने पोखराको शुभ अधिकारी ट्राभल्सलाई कारवाही गर्न महानगरीय ट्राफिक प्रहरीले यातायात व्यवस्था विभागमा सिफारिश गरेको छ । पोखराबाट काठमाडौंको यात्रामा २१८ नंको टुरिष्ट बसमा यात्रा गराउने भनी जनही रु ७०० भाडा लिएको शुभ अधिकारी ट्राभल्सले रु ५०० भाडा लिने गरेको ७२४९ नंको साधारण बसमा यात्रा गराई ठगेपछि यात्रुले प्रहरीमा उजुरी गरेपछि कारवाही गराइएको हो ।

राष्ट्रपतिले एनजीओमाथिको कारबाही रोकेको खुलासा

5 months ago

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको दवावका कारण एनजीओहरूलाई गर्ने भनिएको कारबाही प्रक्रिया रोकिएको रहस्य बाहिर आएको छ । राष्ट्रपति भण्डारीको दवावमा प्रधानमन्त्री केपी ओलीको प्रेस सल्लाहकारको नियुक्ति पाएका कुन्दन अर्यालले एनजीओहरूको बचाउ गरेको स्रोत बताउँछ ।

मन्त्री विभाजित हुँदा ठेकेदारमाथिको कारबाही रोकियो

6 months ago

काठमाडौं । दुई मन्त्रीबीच विवादका कारण समयमै काम नगर्ने ठेकेदारमाथि कारबाही प्रक्रिया रोकिएको छ । गृहमन्त्री रामबहादुर थापा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठबीच ठेकेदारलाई कसले कारबाही गर्र्ने भन्ने विषयमा विवाद उत्पन्न हुँदा कारबाही प्रक्रिया अघि बढ्न नसकेको हो।

२ सय १० ट्याक्सीलाई कारबाही

7 months ago

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले कम्प्युटर विलिङ प्रणाली (प्रिन्टर मेसिन) जडान नगरेका २ सय १० वटा ट्याक्सीलाई कारबाही गरेको छ। विभागले जेठ महिनामा ट्याक्सीमाथि चलाएको विशेष अभियान अन्तर्गत उक्त ट्याक्सीलाई कारबाही गरेको हो। विभागमा हाल १० हजार ६ सय ४४ ट्याक्सी दर्ता भए पनि आठ हजार ३ सय ५४ ले मात्र प्रिन्टर मिटर जडान गरेका छन्।

Page 1 of 1

जीवनशैली/स्वास्थ्य

यस्ता मानिसहरुले कागती पानी पिउनु हुँदैन

यस्ता मानिसहरुले कागती पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलाइ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ । यसले व्यक्तिको स्वास्थ्यसम्बद्ध समस्याहरूलाइ झन् जटिल बनाउन सक्छ । कागतीमा पाइने केही तत्वले जसले टसम्बन्धी समस्यालाइ बढाउनुका साथै दाँतमा समस्या निम्त्याउँछ ।