News | Tag: Saptari

सप्तरीमा झडप, अधिकांश पुरुष गाउँ छोडेर भारततर्फ

3 weeks ago

लहान । दुई पक्षबीचको झडपका कारण सप्तरीको बलान–बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीका अधिकांश पुरुषले गाउँ छाडेका छन् । पुरुष गाउँ/घर छाडेर भागेपछि महान् चाड विजयादशमी पनि महिलाले मात्रै मनाए् । दुर्गा पूजा समिति गठनको बिषयलाई लिएर गाउँमा दुई पक्षबीच भएको झडपपछि उनीहरूले प्रहरीमा एकअर्काविरुद्व जाहेरी दर्ता गराएकाले नियन्त्रणमा परिने त्रासका कारण वडाध्यक्ष र वडा सदस्यसहित अधिकांश पुरुषले गाउँ छाडेका हुन् ।

सप्तरीमा दुर्घटनामा एकको मृत्यु, १७ घाइते

3 months ago

राजविराज । सप्तरी कञ्चनरुप नगरपालिकामा मंगलबार साँझ भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । मृत्युहुनेमा कञ्चनरुप नगरपालिका–११ ठेलियाका ४५ वर्षीय थिरी चौधरी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

२३ जना विद्युत चोर पक्राउ

5 months ago

राजविराज । सप्तरीमा विद्युत चोरी नियन्त्रण अभियानअन्तर्गत विद्युत चोरी गरिरहेको आरोपमा बिहीबार साँझ २३ जनालाई पक्राउ गरिएको छ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र र जिल्ला प्रहरी कार्यालय, सप्तरीको संयुक्त टोलीद्वारा गरेको अनुगमनका क्रममा विभिन्न स्थानबाट २३ जना व्यक्तिलाई पक्राउ गरिएको प्राधिकरणका प्रमुख चन्द्रनारायण सिंहले बताए। पक्राउ परेकाको साथबाट ६ वटा विद्युत मिटर, दुई वटा एलइडी टिभी, चार थान पानी तान्ने मोटर बरामद गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रमुख साहले जानकारी दिए।

Page 1 of 1

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।