News | Tag: corruption

नयाँ सवारी दर्ताका क्रममा सेवाग्राहीसँग घुस लिने शाह पक्राउ

1 year ago

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय रुपन्देही बुटवलमा कार्यरत मेकानिकल इञ्जिनियर सरोजकुमार शाहलाई रु २० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । नयाँ सवारी साधन दर्ताका क्रममा साहले सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने अभियोगमा आयोगको टोलीले सोमबार पक्राउ गरेको हो । आरोपी साहको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

बिरामीले तिरेको १९ लाख अस्पतालका कर्मचारीको खल्तीमा

1 year ago

सुनसरी । सदरमुकाम इनरुवास्थित जिल्ला अस्पतालमा बिरामीले तिरेको १९ लाखभन्दा बढी रकम हिनामिना भएको छ । बिरामीले नाम दर्ताका लागि तिरेको रकम कर्मचारीले बैंकमा दाखिला नगरी आफैँ चलाएको भेटिएको हो । प्रयोगशालाका विकेश श्रेष्ठ एक्लैले १० लाख ६४ हजारभन्दा बढी रकम हिनामिना गरेको पाइएको छ ।

जागिर खाएको साढे २ वर्षमै ७ करोड भ्रष्टाचार !

1 year ago

काठमाडौं । अधिकृतमा जागिर खाएको साढे दुई वर्षमै सात करोड रूपैयाँ भ्रष्टाचार गरेको दाबीसहित रवीनचन्द्र ढकालविरुद्ध मुद्दा परेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार कटारी नगरपालिकाका लेखा अधिकृत ढकालविरुद्ध विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।

३६ लाख घुससहित ठाकुर पक्राउ

1 year ago

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन तथा शहरी बिकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरलाई रु ३६ लाख घुससहित शनिबार पक्राउ गरेको छ । आयोगले इन्जिनियर ठाकुरलाई रु ३६ लाख ७२ हजार घुससहित रुपन्देहीको शिद्धार्थनगर नगरपालिका बर्मेलि टोलबाट सुराकिको आधारमा पक्राउ गरेको अख्तियार बुटवल शाखाका अधिकृत शुरेस भुसालले जानकारी दिए ।

भ्रष्टचारी मल्ललाई जेल चलान

1 year ago

काठमाडौं । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले भ्रष्टचार गरेर फरार रहेका अभियुक्तलाई जेल चलान गरेको छ । ब्यूरोको टोलीले सर्वोच्च अदालतको २०७३ कात्तिकको फैसलाअनुसार रु एक करोड चार लाख ७५ हजार जरिवना सुनाएका धादिङका ५५ वर्षीय गेहेन्द्रबहादुर मल्ललाई आइतबार सुन्धाराबाट पक्राउ गरी डिल्लीबजार जेल चलान गरेको हो ।

भारतका पूर्वअर्थमन्त्री चिदम्बरमलाई भ्रष्टाचारको अभियोग

1 year ago

नयाँ दिल्ली । भारतका पूर्वअर्थमन्त्री पि चिदम्बरमलाई भ्रष्टाचारको अभियोग लागेको छ। प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतासमेत रहेका चिदम्बरमलाई अर्थमन्त्री भएका बेला राज्य शक्तिको दुरुपयोग गरेको र खरबौंको आर्थिक घोटाला प्रकरणमा संलग्न भएको अभियोग बिहीबार लगाइएको हो।

भ्रष्टाचार, ढिलासुस्ती र काममा लापर्वाही भइरहेको छः तिमिल्सिना

1 year ago

फलेवास । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भ्रष्टाचार र अनियमिततालाई शून्यमा झार्न जनप्रतिनिधिसँग आग्रह गरेका छन् ।

नेताहरुलाई भ्रष्टाचारले पोल्दै

1 year ago

काठमाडौं । नेपाली समाजमा लोकप्रिय एउटा उखान छ, ‘धन देख्दा महादेवको पनि तेस्रो नेत्र खुल्छ ।’ तर यो उखान नेपालमा मात्र नभएर विश्व मै सान्दर्भिक देखिएको छ । यो उखानजस्तै विश्वका चर्चित राजनीतिक नेता पनि एक पछि अर्को गर्दै धनको लोभमा परेका र भ्रष्टाचारको मुद्दामा तानिएका छन् ।

भ्रष्टाचारको मुद्दामा तानिदै विश्वका नेता

1 year ago

नेपाली समाजमा लोकप्रिय एउटा उखान छ, ‘धन देख्दा महादेवको पनि तेस्रो नेत्र खुल्छ ।’ तर यो उखान नेपालमा मात्र नभएर विश्व मै सान्दर्भिक देखिएको छ ।

प्रधानमन्त्री ओलीको सचिवालयमा तीन भाईको करोडौं कमिशन खाने यस्तो सेटिङ

1 year ago

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार अन्त्य भइसकेको भनेर केही दिन अगाडि संसदमा सम्बोधन गरेको अवाज मत्थर हुन नपाउँदै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ज्ञानेश्वर काठमाडौंले करोडौं रुपियाँ कमिशन खाने गरेर योजना बनाएको छ ।

Page 4 of 5

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढ्दै जाँदा सुरक्षाका विभिन्न विधि अपनाउन थाालिएको छ । कोरोना संक्रमण हुन नदिन सडक, पेटी, घर जताततै कीटनाशक औषधि छर्किने क्रम जारी छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।