News | Tag: Dang

गणतन्त्र दिवसको अवसरमा दाङ कारागारमा रहेका १६ कैदीलाई माफी

10 months ago

घोराही । गणतन्त्र दिवसका अवसरमा दाङमा रहेका दुई कारागारमा रहेका १६ जना कैदीहरुको सजाय माफी भएको छ । गणतन्त्र दिवसका अवसरमा असल चालचलन रहेका १६ जनालाई कैद सजाय माफी भएको जनाइएको छ । संविधानको धारा २७६ अनुसार विभिन्न कारणले कैद भुक्तान गरीरहेका कैदीहरुको चालचलनका आधारमा बाँकी कैद माफी दिने व्यबस्था गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दाङका दुई कारागारबाट १६ जना कैद सजाय माफी पाएका हुन् ।

अपराधीलाई सेवा नदिन अदालतको स्थानीय तहलाई पत्राचार

10 months ago

घोराही । दाङ देउखुरी जिल्ला अदालतले कैद भुक्तान गर्न र जरिवाना तिर्न बाँकी रहेका अपराधीहरुलाई कुनै पनि सार्बजनिक सेवा सुविधा नदिन स्थानीय तहहरुलाई पत्राचार गरेको छ । अदालतले दाङमा कैद भुक्तान गर्न र जरिवाना तिर्न बाँकी रहेका १ हजार ७ सय ९० जना अपराधीको नाम ठेगानासहित स्थानिय तहलाई विवरण पठाएको छ । सेवा प्रबाहमा उनिहरुको समेत पहिचान गर्न आग्रह गर्दै कुनै पनि सार्वजनिक सेवा नदिन अदालतले सम्बन्धित नगरपालिका र गाउँपालिकालाई पत्र पठाएको हो ।

दाङमा नेकपाका १५३ जिल्ला सदस्यलाई सपथ ग्रहण गराइयो

10 months ago

घोराही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला सदस्यले घोराहीमा आज (बुधबार) सपथ ग्रहण गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङले औपचारिक कार्यक्रमको आयोजना गरेर १५३ जना जिल्ला सदस्यलाई सपथ ग्रहण गराएको हो । नेकपाका प्रदेश ईञ्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले जिल्ला सदस्यलाई सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहण पश्चात मुख्यमन्त्री तथा प्रदेश ईञ्चार्ज पोखरेलले समाजबादका आधारमा तीन तहका सरकारले काम गरीरहेको भन्दै त्यसलाई सहयोग गर्न पार्टी नेता कार्यकर्तालाई निर्देशन दिए ।

धार्मिक क्षेत्रको नेतृत्व गर्न राजनीतिक प्रतिष्पर्धा

10 months ago

दाङ । जिल्लाको एक धार्मिक क्षेत्रको नेतृत्व गर्नका लागि राजनीतिक रुपमा प्यानल बनाएर निर्वाचन सुरु भएको छ । घोराहीमा रहेको बाह्रकुने दह (बराहक्षेत्र संरक्षण तथा सम्बद्र्धन धार्मिक समिति) को नयाँ नेतृत्वका लागि राजनीतिक रुपमा दुई प्यानल बनाएर निर्वाचन मैदानमा रहेका हुन् । घोराही उपमहानगरपालिका १३ मा रहेको बाह्रकुने धार्मिकस्थलको नेतृत्वका लागि नेकपाले रामबहादुर श्रेष्ठको अध्यक्षतामा प्यानल बनाएको छ भने नेपाली काँग्रेसले टेमन बुढा मगरको अध्यक्षतामा अर्को प्यानल तयार पारेको हो । ११ सदस्यीय नेतृत्वका लागि मनोनयन समेत दर्ता भइसकेको छ ।

नेकपा दाङका चार नेता सवारी दुर्घटनामा घाइते

11 months ago

दाङ । बुटवल जान लागेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङका नेता सवार कारलाई ट्रकले ठक्कर दिँदा चार जना आज घाइते भएका छन् । उनीहरु मुख्यमन्त्री शंकर पोखरेल भन्दा पछाडि–पछाडि गइरहेका बताइएको छ । घाइते नेताहरूमा दाङका शिवकुमार आचार्य, लक्ष्मण शर्मा, मनोहर बुढाथोकी, र शिवानन्द डाँगी रहेका छन् । घाइते मध्येमा बुढाथोकी र शर्मालाई अरुभन्दा बढी चोट लागेकोले बाँकेको कोहलपुरमा मेडिकलमा उपचार भइरहेको दाङ प्रहरीले जानकारी दिएको छ । घाइते सबै खतरामुक्त भएको बताइएको छ ।

दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

11 months ago

घोराही । गए राति करीब १२ बजेतिर दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । लमही नगरपालिका–७ बनघुस्रीस्थित पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ९१६७ नंको ट्रकमा सोही दिशाबाट आउँदै गरेको रा ३ प ७९५ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा उक्त घटना घटेको हो ।

दाङको सरस्वती सामुदायिक बनमा आगलागी

11 months ago

दाङ । दाङको शान्तिनगर–४ स्थित सरस्वती सामुदायिक बनमा आगलागी भएको छ । शुक्रबार बिहान देखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणको लागि प्रहरी तथा स्थानीयले प्रयास जारी राखेका छन् ।

दाङको दुई गाउँपालिकाको सीमा विवाद टुङ्गियो

1 year ago

लमही । दाङको दुई गाउँपालिकाको सीमामा उत्खनन विवाद छलफलबाट टुङ्ग्याइएको छ । राप्ती गाउँपालिकाले राप्ती नदीमा नदीजन्य पदार्थ उत्खनन गर्न गरेको ठेक्का आह्वान गरेको क्षेत्र गढवा गाउँपालिकाले आफ्नो क्षेत्रमा पर्ने भनेपछि विवाद सिर्जना भएको थियो । आइतबार आयोजित बैठकमा भएको सहमतिअनुसार राप्ती गाउँपालिकाले उक्त नदीको चार स्थानमा वातावरणीय प्रभाव मूल्याङ्कन गरेकामा खुरुरिया, भानपुर र बगरापुरमा बोलपत्रमार्फत् नदीजन्य वस्तु उत्खनन गर्न पाउने भएको छ । यस्तै मझेरीया घाटमा गढवा गाउँपालिकाले उत्खनन गर्न पाउने भएको छ ।

‘विकास भनेकै बाटो’

1 year ago

नारायणपुर । दाङकै विकट गाउँपालिका बंगलाचुली २ टाकुराका स्थानीयवासीलाई दैनिक उपभोग्य वस्तुहरु बजारबाट बोकेरै ल्याउनुपथ्र्यो । गाउँका बिरामीलाई समेत बोकेर ल्याउने लैजाने गर्नुपर्ने समस्याबाट पीडित थिए टाकुरावासी । तर, स्थानीय सरकार गठन भएपछि पहिलो प्राथमिकता सडक निर्माणले पायो ।

दाङ बस दुर्घटनामा आधि विद्यार्थीले ज्यान गुमाए, कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय शोकमग्न

1 year ago

नारायणपुर । बस दुर्घटनामा परी उन्नाइस विद्यार्थीसहित २३ जनाको मृत्यु भएपछि कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय शोकमग्न अवस्थामा छ । शनिबार घोराही उपमहानगरपालिका–१७ गैरागाउँस्थित उक्त शिक्षालयका शिक्षक र विद्यार्थी चढेको बस दुर्घटना हुँदा भर्ना भएका आधिभन्दा बढी विद्यार्थीले ज्यान गुमाएका थिए । विद्यार्थीको निधनपछि सो शिक्षालयको पठनपाठन प्रभावित बनेको छ ।

Page 1 of 2

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

काठमाडाैँ । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।