News | Tag: kathmandu metropolitan city

गणतन्त्र दिवसका लागि सरफाइ र सजावटको काममा जुट्दै कामपा

1 year ago

काठमाडौँ । काठमाडौँ महानगरपालिका गणतन्त्र दिवस मनाउन सरसफाइ र सजावटको काममा जुटेको छ । आगामी जेठ १५ गते मनाइने ११औँ गणतन्त्र दिवसका लागि कामपाले प्रमुख विद्यसुन्दर शाक्यको संयोजकत्वमा मञ्च सजावट तथा व्यवस्थान उपसमिति नै गठन गरेर तयारी थालेको छ । उपसमितिका सदस्य सचिव विष्णु जोशीका अनुसार तयारीस्वरुप अहिले सरसफाइ र अन्य सजावको काम भइरहेको छ । उक्त दिन कामपाको तर्फबाट खानेपानीको व्यवस्था, बस्नका लागि एक हजार कुर्सी राख्ने, विभिन्न समुदायबाट संस्कृति कार्यक्रम गर्ने तयारीमा कामपा जुटेको हो ।

कामपाले बढाएको विद्यालयको शुल्क पुरानै

1 year ago

काठमाडौँ । यस शैक्षिक सत्रदेखि लागू हुनेगरी काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयका लागि निर्धारण गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने भएको छ । कामपामा बुधबार बसेको शिक्षा समितिको बैठकले गत चैत अन्तिम साता कामपा शिक्षा विभागले संस्थागत विद्यालयलाई क, ख, ग र घ वर्गमा विभाजन गरी शुल्क निर्धारण कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।

अभिभावकको ढाड सेकिने गरि कामनपाले निजी विद्यालयलाई दियो शुल्क बढाउने स्वीकृति

1 year ago

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालमा रहेका निजी विद्यालयलाई मासिक शिक्षण शुल्क २७ प्रतिशतसम्म बढाउन स्वीकृति दिएको छ। नयाँ शैक्षिक सत्रदेखि लागू हुने महानगरपालिकाको यो निर्यणबाट निजी विद्यालय थप मोटाउने अभिभावक आर्थिक मारमा पर्ने निश्चित छ।

कामपाद्वारा संस्थागत विद्यालयको शुल्क निर्धारण

1 year ago

काठमाडौँ । आगामी शैक्षिकसत्रदेखि लागू हुने गरी काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका संस्थागत (निजी) विद्यालयको शुल्क निर्धारण गरेको छ । महानगरको शिक्षा विभागले निजी विद्यालयलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा वर्गीकरण गरी वर्गअनुसारको अधिकतम शुल्क लिन पाउने व्यवस्था गरेको हो । विद्यालय सञ्चालनको अवस्था र व्यवस्थालाई आधार बनाएर तोकिएका सूचकका आधारमा विद्यालय वर्गीकरण तथा शुल्क तोकिएको महानगरका शिक्षा अधिकारी निर्मला केसीले जानकारी दिइन् ।

‘हाम्रो नगर, हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऔँ’

1 year ago

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र आगामी वैशाख २ देखि १४ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने भएको छ । विद्यालयबाहिर रहेका बालबालिकालाई पढ्न ल्याउने उद्देश्यले अभियान शुरु गर्न लागिएको कामपाको शिक्षा विभागले जनाएको छ । विभागले आयोजना गरेको सकारात्मक सोच विकास र गुणस्तरीय शिक्षासम्बन्धी अभिमुखीकरण विभागका शिक्षा अधिकारी निर्मला केसीले वैशाख २ देखि १४ गतेसम्म भर्ना अभियान सञ्चालन हुने जानकारी दिए । उनका अनुसार अभियान सकेपछि १५ देखि ३० गतेसम्म घरदैलो कार्यक्रम गरिनेछ ।

काठमाडौंको दम्बोचुकमा सामूहिक आवास बन्ने

1 year ago

काठमाडौं । काठमाडौं महानगरपालिका– १८ मा रहेको किलाक्वं गल्ली दम्बोचुकमा सामूहिक आवास निर्माण गरिने भएको छ। दम्बोचुकको तीन सय रोपनी जग्गामा भएका घरलाई एकीकृत गरी सामूहिक आवास निर्माण गरिने भएको हो।

महानगरका विद्यालयले १४ प्रकारका सेवा शुल्क तिर्नुपर्ने

1 year ago

काठमाडौं । महानगरपालिकाभित्र सञ्चालन हुने संस्थागत र सामुदायिक विद्यालयले १४ प्रकारका सेवा शुल्क तिर्नुपर्ने भएको छ । सामुदायिक विद्यालयले २ र संस्थागत विद्यालयले १२ प्रकारका कर तिनुपर्ने भएको छ ।

Page 1 of 1

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।