News | Tag: land slide

फिलिपिन्समा पहिरो, १२ जनाको मृत्यु, दर्जनौँ वेपत्ता

1 year ago

नागा, फिलिपिन्स । फिलिपिन्सको मध्यक्षेत्रमा बिहीबार गएको पहिरो परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने घटनामा दर्जनौँ मानिस घाइते भएका एक प्रत्यक्षदर्शीले बताएका छन् ।

पहिरोले नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध

1 year ago

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । सो सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–६ को कालीखोला, जलवीरे र चारकिलोमा पहिरो खसेको छ । पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ ।

नुवाकोटमा पहिरोले १० घर बगायो

1 year ago

नुवाकोट । बाढीपहिरोले यहाँका विभिन्न स्थानमा १० घर बगाएको छ । घर बगाउँदा लाखौँको क्षति भएको छ । जिल्लामा विभिन्न स्थानमा गएराती आएको बाढीपहिरोले घर, पशुचौपाया तथा धनमाल बगाएको प्रहरीले जनाएको छ । सलाखु खोलामा आएको बाढीले किस्पाङ गाउँपालिका–३ कितिली बगरका ओमबहादुर तामाङको पक्की घर र घरभित्र रहेका २० मुरी धान, लत्ताकपडा, नगद रु ८५ हजार क्षति भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

जाजरकोटमा पहिरोले तीन घर पुरिए, उद्धारकार्य जारी

1 year ago

जाजरकोट । जाजरकोट भेरी नगरपालिका–३ ठाँटीबजारदेखि पानी नाउँला जाने सडकमा आज बिहान पहिरो जाँदा तीन घर पुरिएका छन् । सदरमुकामको मुख्यबजार रहेको ठाँटीबजारदेखि तल रहेका घर पुरिएपछि अहिले उद्धारकार्य चलिरहेको प्रहरीले जनाएको छ ।

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

1 year ago

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा परिहो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ४ बजे घुमाउने र जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । भरतपुर महानगरपालिका– २९ घुमाउनेमा ठूलाठूला ढुंगासहितको पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउन समय लाग्ने जनाइएको छ ।

प्रहरी पोष्ट पहिरोले पुर्यो, ८ जना बेपत्ता भएको आशंका, १२ जना घाइते

1 year ago

रसुवा । गएरातिको वर्षासँगै आएको पहिरोले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार पहिरोले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको हो । सो आसपासका घरमा राति बास बसेका १२ जना घाइते भएका र उनीहरुको उपचार टिमुरे स्वास्थ्य चौकीमा भइरहेको छ ।

पहिरोको कारण नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध, पन्छाउने ५ देखि ८ घण्टा लाग्ने

1 year ago

चितवन । नारायणगढ—मुग्लिन सडक खण्डको टोपे खोलामा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा आज बिहान ५ बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउन पाँचदेखि आठ घण्टा लाग्ने प्रहरीले जनाएको छ । सडक निर्माणका क्रममा विभिन्न ठाउँमा भित्तो काटिएका कारण ठाउँठाउँमा पहिरो खस्ने गरेको छ ।

म्याग्दीको दग्नाममा पहिरो, यातायात अवरुद्ध

1 year ago

बाबियाचौर, म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामको तोय भन्ने ठाउँमा पहिरो जाँदा सडक भासिएको छ। गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम जोड्ने सडकको दवाङ भीर र तोय क्षेत्रमा केही दिनदेखिको वर्षापछि सोमबार दिउँसो जमिन धाँजा फाटेर पहिरो जाँदा करिब २५ मिटर सडक भासिएको हो।

पहिरोले देशका यी ४ राजमार्ग ठप्प

1 year ago

काठमाडौं । बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण वर्षातसँगैको पहिरोले तीन राजमार्ग अबरुद्ध भइका छन् । अरनिको, बिपी र मध्यपहाडीमा सवारी ठप्प भएका छ । खोलामा बाढी आउनाका साथै पाखा भित्तामा कान्ला भत्किएर अरनिको र बिपी राजमार्गका केही ठाउँमा अवरोध आएकाले दुवै राजमार्ग ठप्प छन् ।

शिद्धबाबामा पहिरो, बुटवल–तानसेन सडक अवरुद्ध

1 year ago

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर क्षेत्रमा पहिरो गएपछि बुटवल तानसेन सडकखण्ड अवरुद्ध भएको छ। दुई दिनदेखि परेको वर्षाका कारण आइतबार राति करिब ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा पर्ने हेडबक्स नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

Page 1 of 2

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

शनिवार भुलेर पनि नखानुहोस् यी खानेकुरा

शनिवार भुलेर पनि नखानुहोस् यी खानेकुरा

काठमाडौँ । शनिवारको दिनलाई भगवान शनिको दिन मानिन्छ । कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन भोजन गर्दा सावधानी अपनाउनुपर्ने हुन्छ ।

विचित्र विश्व

पत्रपत्रिकामा राखेका खानेकुरा कहिल्लै नखानुहोस्

पत्रपत्रिकामा राखेका खानेकुरा कहिल्लै नखानुहोस्

काठमाडौँ । धेरै व्यक्ति घरमा खाना प्याक गर्न पनि अखबारै प्रयोग गर्ने गर्दछन् । तारेका, भुटेका खाद्य पदार्थको तेल सोसियोस् भनेर पनि अखबारमा ती चीज राख्ने गरिन्छ । यसरी अखबारमा राखिएको कुनै पनि खाद्यपदार्थ हाम्रो स्वास्थ्यका लागि निकै धेरै जोखिमपूर्ण हुने एक अध्ययनले देखाएको छ ।