News | Tag: Nepal Communist party

बागलुङका दश वटै स्थानीय तहमा नेकपाको नेतृत्व चयन

6 hours ago

बागलुङ । जिल्लाका दश वटै स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व टुङ्गिएको छ । पार्टी जिल्ला संयन्त्रको सिफारिशका आधारमा गण्डकी प्रदेश समितिले मङ्गलबार नेतृत्वको अन्तिम टुङ्गो लगाएको हो । यसअघि पार्टीको जिल्ला संयन्त्र बैठकले पूर्व नेकपा (एमाले) र पूर्व (माओवादी केन्द्र)लाई पाँच/पाँच स्थानीय तहमा नेतृत्व बाँडफाँट गर्ने निर्णय गरेको थियो । बागलुङ, जैमिनी, ढोरपाटन नगरपालिका, काठेखोला र बडिगाड गाउँपालिकाको अध्यक्ष पद पूर्वएमालेको भागमा परेको छ ।

नेकपाभित्र चन्द्रगिरी बैठकको तरंग

1 week ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको २०७५ चैत २८ र २९ गतेको चन्द्रागिरी बैठकले सत्तारुढ नेकपामा ठूलै तरंग ल्याएको छ ।

नेकपामा माधव नेपालको यस्तो अडान

2 weeks ago

काठमाडौँ । पार्टी एकीकरणबारे प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको अनौपचारिक सहमतिमा माधव नेपाल समूहले कडा आपत्ति जनाएपछि नेकपाको एकता प्रक्रियामा गाँठो परेको छ।

अधिकारीको निधनमा नेकपाले पार्टीको झण्डा आधा झुकाउने

1 month ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज देशैभरका सबै पार्टी कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । पार्टीको आज सम्पन्न सचिवालय बैठकले शनिबार राति निधन भएका नेता भरतमोहन अधिकारीको सम्झनामा उक्त निर्णय गरेको हो ।

दिवंगत नेता ओलीप्रति नेकपाको श्रद्धाञ्जलि

2 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दिवंगत नेता उत्तरकुमार ओलीप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । गत माघ २५ गते बुटवलबाट दाङतर्फ जाँदै गर्दा घोराही उपमहानगरपालिका वडा नं. ३ को चिसापानीमा सावारी दुर्घटनामा घाइते भएका दाङ क्षेत्र नं. ३ प्रदेश नं. २ बाट निर्वाचित प्रदेशसभा सदस्य ओलीको बिहीबार राति २ बजे उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

नेकपाको सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदल भंग

2 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदल भंग गरेको छ । शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले एकीकरणका बाँकी काम सवै सचिवालयलेनै गर्ने गरी कार्यदल विघटन गरेको हो ।

नेकपा बैठकमा एकीकरणका लागि कार्यदलले दिएको सुझावमाथि छलफल शुरु

2 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साङ्गठनिक एकीकरणका लागि गठित कार्यदलले सुझाव पेश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सचिवालय र कार्यदलको संयुक्त बैठकमा साङ्गठनिक एकता गर्नका लागि गठित कार्यदलका संयोजक रामबहादुर थापाले अहिलेसम्म गरिएका कामको प्रतिवेदनसहित सुझाव पेश गरिएको जानकारी दिए ।

नेकपा सचिवालयको बैठक सम्पन्न, कार्यदलको म्याद थप गर्नुपूर्व सदस्यहरुसँग छलफल गर्ने

2 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले संगठनिक एकता टुंगो लगाउन गठित कार्यदलको म्याद थप गर्नुपूर्व सदस्यहरुसँग छलफल गर्ने भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सचिवालय बैठकमा नेता रामबहादुर थापा बादलले प्रतिवेदन पेश गर्दै थप कामका लागि निर्देशन माग गरिएको छ ।

पार्टी एकतालाई पूर्णता दिने विषयमा बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

2 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । पार्टी एकतालाई पूर्णता कसरी दिने भन्ने विषयमा छलफल हुने नेताहरुले जनाएका छन् । पार्टी एकता भएको लामो समय भइसक्दा पनि एकता प्रकृयाले पूर्णता नपाउँदा कार्यकर्ताहरु अलमलमा परेका छन् । जसको कारण नेताहरुबीच विवाद पनि देखिएको छ ।

सुदूरपश्चिम नेपालमा यस्तो छ खुराफातको खेती, मन्त्रीको अश्लिील भिडियो तरंग

2 months ago

काठमाडौँ । हिन्दीमा एउटा उखान छ ‘खाली दिमाग शैतानको घर’ जब मान्छे खाली हुन्छ तब उसले अनेक खुराफाती गर्न थाल्छ । त्यस्तै खुराफातले गर्दा नेकपाको सुदूरपश्चिम प्रदेश कमिटीमा लफडा आइलागेको छ ।

Page 1 of 7

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

स्वस्थ रहन यी कुरामा विशेष ध्यान दिनुहोस्

स्वस्थ रहन यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । स्वस्थ रहन सबैले आफ्नो तौलको जानकारी लिनुपर्छ । यो सजिलैसंग जान्न सकिन्छ । यसको सूत्र हो, आफ्नो उचाई ९सेन्टिमिटर० मा १०० घटाउने ।