News | Tag: केपी शर्मा ओली

कम्युनिस्टमा ओली सर्वशक्तिमान, हिटलर बन्न पाएनन् प्रचण्ड

2 months ago

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एउटा समानता छ, शक्ति केन्द्रविन्दुमा बस्ने । अझ, ओली भन्दा प्रचण्ड शक्तिका लालसी हुन् । तर पार्टी एकीकरणपछि ओलीले प्रचण्डको मनसायलाई ध्वस्त बनाएका छन् । कम्तिमा २ बर्षसम्म प्रचण्डलाई पेलेरै जाने घुमाउरो नियतका आधारमा ओलीले विधान र नियमावलीबाट आफुलाई सर्वशक्तिमान बनाएका छन् ।

प्रधानमन्त्री ओली र काँग्रेस सभापतिबीच भेटवार्ता

2 months ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेटी अनसनरत डा। गोविन्द केसीसँग वार्ता गर्न सुझाव दिएका छन् । सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई त्यस्तो सुझाव दिएको नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

गण्डकीमा चलचित्र छायाङ्कन नगर सम्भाव्यता अध्ययन हुँदै

2 months ago

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशमा पर्यटन, जलस्रोत, जडीबुटीलगायत अथाह सम्भावनालाई पहिचान गरी उजागर गर्नुपर्ने बताएका छन् ।

गैंडा उपहारले चीनसँगको सम्बन्ध थप प्रगाढ हुने प्रधानमन्त्री ओलीको विश्वास

2 months ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र चीनलाई हस्तान्तरण गरिएको एक जोडी गैंडा उपहारले आपसी सम्बन्ध थप विस्तार भएको बताएका छन् । नेपाल सरकारबाट मित्रराष्ट्र जनवादी गणतन्त्र चीन सरकारलाई एक जोडी एक सिंगे गैंडा (भद्र र रुपसी) उपहार हस्तान्तरण समारोहमा उनले आपसी भेटघाट आदानप्रदानले चीनसँगको ऐतिहासिक सम्बन्ध अझ प्रगाढ बन्दै गएको धारणा व्यक्त गरे ।

आवश्यकता अनुसार संविधान संसोधन हुन्छः प्रधानमन्त्री ओली

2 months ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नयाँ ढंगले अगाडि जान खोजेका कारण राष्ट्रिय अनुसन्धान विभागलगायतका प्रमुख विभागहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको स्पष्ट पारेका छन् । विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको आज संसद्मा जवाफ दिँदै प्रधानमन्त्री ओलीले जनता सार्वभौसमत्ता सम्पन्न भएसँगै जनताको अधिकार संस्थागत गर्ने उद्देश्यले सरकारले केही महत्वपूर्ण विभागलाई आफू मातहत ल्याएको बताए ।

प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले दिने

2 months ago

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकको छलफलमा उठेका प्रश्नमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम छ । बैठकको कार्यसूचीअनुसार विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिनेछन् ।

प्रधानमन्त्री ओली र तिब्बतका सरकार प्रमुखबीच भेटवार्ता

3 months ago

चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज तिब्बतका सरकार प्रमुखसँग विशेष भेटवार्ता गर्नुभएको छ । बेईजिङबाट हिजो चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासा पुग्नुभएका प्रधानमन्त्री ओलीले आज त्यहाका स्वायत्त स्वायत्त राज्यका प्रमुख सि चालासँग सिस्टाचार भेटवार्ता गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीद्वारा सिपिसीको स्कुल विभागको संग्रहालय अवलोकन

3 months ago

चीन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहाँस्थित चाइना कम्युनिष्ट पार्टी ९सिपिसी० केन्द्रीय समितिको कार्यालयमा रहेको संग्रहालयको अवलोकन गरे ।

प्रधानमन्त्री ओलीद्वारा नेपाल–चीनमैत्री दौडको उद्घाटन

3 months ago

चीन । चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छदिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन मैत्रीपूर्ण दौड प्रतियोगिताको आज उद्घाटन गरे ।

चीन जानुअघि प्रधानमन्त्री ओलीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ईश्वर पोखरेलाई दिए

3 months ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्नुअघि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका छन् । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका कार्यवाहक नेतामा उपनेता सुवासचन्द्र नेम्वाङलाई जिम्मेवारी दिएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

Page 3 of 4

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

एजेन्सी । मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको सेप्टेम्बर महिनाबाट इटालीमा ‘इन्गेजमेन्ट’ को रौनक चलिरहेको छ ।

विचित्र विश्व

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

काठमाडौँ । चीनले पछिल्लो रुपमा दु्रत विकासलाई प्राथमिकता दिएको छ । हरेक कुरालाई व्यवस्थित गर्ने योजनामा आधारित रहेको चीनका करिब १०० वटा सहरमा, प्रत्येक सहरैपिच्छे १० लाख भन्दा बढी मानिसहरु बसोबास गर्दै आइरहेका छन् ।