News | Tag: केपी शर्मा ओली

गैंडा उपहारले चीनसँगको सम्बन्ध थप प्रगाढ हुने प्रधानमन्त्री ओलीको विश्वास

9 months ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र चीनलाई हस्तान्तरण गरिएको एक जोडी गैंडा उपहारले आपसी सम्बन्ध थप विस्तार भएको बताएका छन् । नेपाल सरकारबाट मित्रराष्ट्र जनवादी गणतन्त्र चीन सरकारलाई एक जोडी एक सिंगे गैंडा (भद्र र रुपसी) उपहार हस्तान्तरण समारोहमा उनले आपसी भेटघाट आदानप्रदानले चीनसँगको ऐतिहासिक सम्बन्ध अझ प्रगाढ बन्दै गएको धारणा व्यक्त गरे ।

आवश्यकता अनुसार संविधान संसोधन हुन्छः प्रधानमन्त्री ओली

9 months ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नयाँ ढंगले अगाडि जान खोजेका कारण राष्ट्रिय अनुसन्धान विभागलगायतका प्रमुख विभागहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको स्पष्ट पारेका छन् । विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको आज संसद्मा जवाफ दिँदै प्रधानमन्त्री ओलीले जनता सार्वभौसमत्ता सम्पन्न भएसँगै जनताको अधिकार संस्थागत गर्ने उद्देश्यले सरकारले केही महत्वपूर्ण विभागलाई आफू मातहत ल्याएको बताए ।

प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले दिने

9 months ago

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकको छलफलमा उठेका प्रश्नमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम छ । बैठकको कार्यसूचीअनुसार विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिनेछन् ।

प्रधानमन्त्री ओली र तिब्बतका सरकार प्रमुखबीच भेटवार्ता

9 months ago

चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज तिब्बतका सरकार प्रमुखसँग विशेष भेटवार्ता गर्नुभएको छ । बेईजिङबाट हिजो चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासा पुग्नुभएका प्रधानमन्त्री ओलीले आज त्यहाका स्वायत्त स्वायत्त राज्यका प्रमुख सि चालासँग सिस्टाचार भेटवार्ता गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीद्वारा सिपिसीको स्कुल विभागको संग्रहालय अवलोकन

9 months ago

चीन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहाँस्थित चाइना कम्युनिष्ट पार्टी ९सिपिसी० केन्द्रीय समितिको कार्यालयमा रहेको संग्रहालयको अवलोकन गरे ।

प्रधानमन्त्री ओलीद्वारा नेपाल–चीनमैत्री दौडको उद्घाटन

9 months ago

चीन । चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छदिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन मैत्रीपूर्ण दौड प्रतियोगिताको आज उद्घाटन गरे ।

चीन जानुअघि प्रधानमन्त्री ओलीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ईश्वर पोखरेलाई दिए

10 months ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्नुअघि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका छन् । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका कार्यवाहक नेतामा उपनेता सुवासचन्द्र नेम्वाङलाई जिम्मेवारी दिएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणः समृद्धिको महत्वपूर्ण अवसर

10 months ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भोलिदेखि हुने औपचारिक चीन भ्रमण महत्वपूर्ण अवसर हुने भएको छ । चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको प्रधानमन्त्री ओलीको यसपटकको भ्रमणको पृष्ठभूमि अत्यन्त सबल भएकाले महत्वपूर्ण अवसरका रुपमा लिइएको हो ।

प्रधानमन्त्री भन्छन्ः समृद्धिको बाधक बन्न खोज्नेहरु समाप्त हुन्छन्

10 months ago

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष केपी शर्मा ओलीले सरकार मुलुकको समृद्धिका लागि निरन्तर लागिरहेको बताउँदै समृद्धिको बाधक बन्न खोज्नेहरु समाप्त हुने दाबी गरेका छन् । उनले राष्ट्र र जनताको सर्वोपरी हित नै सरकारको प्रमुख लक्ष्य रहेको बताए । प्रथम विज्ञान सूचना प्रविधि राष्ट्रिय युवा सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समृद्धि र विकासको बाधक तत्वलाई पराजित गर्दै सरकार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

Page 4 of 5

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख ०७ गते । शनिबार । ईश्वी सन् २०१९ अप्रिल २० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि प्रतिपदा, २४ घडी ५४ पला, दिउसो ०३ बजेर ३५ मिनेट उप्रान्त द्वितीया । नक्षत्र स्वाती, ३४ घडी २९ पला,बेलुकी ०९ बजेर २५ मिनेट उप्रान्त विशाखा ।