Techie IT
२०८२ भदौ १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपाल‘सफल’को पर्चासहित सिनामंगलमा शंकास्पद वस्तु फेला

‘सफल’को पर्चासहित सिनामंगलमा शंकास्पद वस्तु फेला


काठमाडौँ । काठमाडौँको सिनामंगलमा एक व्यक्तिले हस्तलिखित पर्चासहित बमजस्तो वस्तु राखेका छन् । मूल सडकसँगै रहेको बन्द पसलको सटरअगाडि शंकास्पद वस्तु भेटिएको हो ।

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर आउने सडक छेउमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्तको टोली घटनास्थल पुगेको छ भने नेपाली सेनाको बम डिस्पोजल युनिटलाई पनि खबर गरिएको छ ।

खोटाङ हलेसी ज्वेलर्स नजिकै रहेको कालो टेपले बेरेको वस्तुमा रातो, कालो तार पनि समेत देखिएको छ । उक्त बस्तुसँगै एउटा पर्चा पनि सँगै छ, जसमा यस्तो लेखिएको छः

खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नस् । तपाईंको सहयोगले हाम्रो देश र जनताहरुलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो ।

यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला ।

संयोजक
सफल




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

Techie IT