Techie IT
२०८२ भदौ २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय


काठमाडौँ। सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले परराष्ट्र सेवाका छ जना प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

सरकारले गत असार २६ गते लोकबहादुर थापालाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रका लागि स्थानीय नियोग, रामप्रसाद सुवेदी (स्वीट्जरल्याण्ड), सुधीर भट्टराई (फ्रान्स), घनश्याम लम्साल (कुवेत), तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स) र धनबहादुर वली (थाइल्याण्ड)का लागि राजदूतमा नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो।

समितिको आज बसेको बैठकले प्रस्तावित व्यक्तिको संसदीय सुनुवाइबारे सर्वसाधारणलाई जानकारी गराउने र उनीहरुको नाम अनुमोदनका सन्दर्भमा कुनै गुनासो वा सिकायत भए १० दिनभित्र उजुरी गर्न सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको छ।

बैठकले प्रस्तावित राजदूतको नाम जानकारी दिने र प्रस्तावित व्यक्ति नियुक्तिका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली सूचना वा उजुरी दिन सूचना प्रकाशित गर्ने निर्णय गरेको समितिका सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। बैठकको अध्यक्षता गर्दै उनले उक्त प्रस्ताव निर्णयार्थ समिति समक्ष प्रस्तुत गरेकोमा सर्वसम्मतिले स्वीकृत गरेको थियो।

आजको बैठकमा केही सदस्यले भने विगतका संसदीय सुनुवाइमा झै प्रस्तावित राजदूत सिफारिस गर्ने सन्दर्भमा संविधानको मर्म र भावनाअनुरुप समावेशी सिद्धान्त अपनाउने विषयमा के कसो भएको हो भन्नेबारेमा जिज्ञासा राखेका थिए। परराष्ट्र सेवा भन्दा बाहिरका व्यक्तिको नाम प्रस्तावित गरिँदा बैठकमा उठेका विषयलाई सरकार र राजनीतिक दलले गम्भिरताका साथ लिनुपर्ने सदस्यहरुको भनाइ थियो।

मन्त्रालयबाट सिफारिस हुँदा केही व्यक्तिलाई दोहोर्‍याइने गरेको, इच्छाएकै स्थानमा पठाइने गरेको तथा केहीले भने त्यो अवसर नपाउने गुनासो रहेकाबारे सदस्यले बैठकलाई जानकारी गराए। राजदूत नियुक्तिमा कम्तीमा ५० प्रतिशत नघटाई सेवामा रहेका प्रथम श्रेणी तथा विशिष्ट श्रेणीबाट र बाँकी सेवा बाहिरका कूटनीतिक क्षेत्रमा विशेष योगदान पुर्‍याएका वा जानकार व्यक्तिलाई पठाउने अभ्यास रही आएको छ।

समिति समक्ष प्राप्त हुने उजुरी वा निवेदनका आधारमा स्पष्ट पार्ने मौका प्रदान गर्दै प्रस्तावित राजदूतसँग जिम्मेवारीसम्बन्धी अवधारणा, सोच र रुचिबारे जानकारी लिने प्रचलन रही आएको छ। मुलुकको प्रतिनिधित्व गर्दै तत् तत् मुलुकमा जाने राजदूतले त्यहाँ रहेका नेपालीको हकहित र सुरक्षाको रक्षा गर्ने, आर्थिक समृद्धिका लागि उच्चस्तरीय भ्रमणको आदानप्रदान गराउने, वैदेशिक सहयोग प्राप्त गराउने र लगानी भित्र्याउने कार्य प्राथमिकतामा रहने छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

Techie IT