Techie IT
२०८२ वैशाख १८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालभूजीखोलामाथि बसपार्क!

भूजीखोलामाथि बसपार्क!


ढोरपाटन। साँघुरो बजार, नमिलेको भूगोल। छेउमै उर्लिएको भूजीखोला। त्यही भूजीखोलामाथि बन्दै छ बुर्तिबाङ बसपार्क। बन्दै गरेको बसपार्क देख्ने कसैले पनि भन्दैनन्, कि यो ठाउँ सुरक्षित। तर नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङले यहाँ बसपार्क निर्माण जारी राखेको छ।

ढोरपाटन नगरपालिका–२ खप्तरीबाङ बुर्तिबाङ बजार र राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको केन्द्रमा पर्ने हुँदा आयोजना कार्यालयले बसपार्क बनाउन यो ठाउँ रोजेको हो।

लामो समयदेखि सास्ती खेप्दै आएका यातायात व्यवसायी, यात्रु र बुर्तिबाङ बजारवासीका लागि खप्तरीबाङमा बसपार्क बन्नु सुखद विषय त हो। तर, जोखिमयुक्त ठाउँमा बसपार्क निर्माण हुँदा भोली ठूला दुर्घटना निम्तिने खतरा पनि उत्तिकै छ। डेढदशक अगाडि सडकले बुर्तिबाङ बजार जोडिएसँगै पश्चिम बागलुङको मुहार फेरियो। तर अहिलेसम्म बसपार्क अभावमा अहिलेसम्म सास्तीनै छ। मध्यपहाडी लोकमार्ग नजिकै रहेको बुर्तिबाङ बजार १० नमुना सहर आयोजना अन्तरगत पर्छ।

सरकारले नमुना सहर निर्माण गर्न थालेको वर्षौँ वितिसक्दा गत वर्षदेखि बल्ल बसपार्क निर्माणका काम थालनी भएको छ। बढ्दो सहरीकरण र साँघुरो बसपार्कका कारण यातायातका साधान सडकमै पार्किङ गर्नु पर्नेस्थिति छ। जिल्लाकै दोस्रो ठूलो व्यापारीक केन्द्रका रुपमा रहेको बुर्तिबाङ बजार निसी, भूजी र तमानको सङ्गमस्थल हो। ढोरपाटन नगरपालिकाको केन्द्रसमेत रहेको बुर्तिबाङमा अहिले साँघुरो बसपार्क छ। जहाँ १०÷१५ वटाभन्दा बढी गाडी रोक्न मिल्दैन। चालकहरुले जथाभावी रुपमा गाडी रोक्दा बजारनै अस्तव्यस्त बन्ने गरेको छ।

त्यसमाथि स्थानीय व्यवसायीहरुले सडक पेटीमै सामानहरु राख्दा पदैल यात्रुलाई झनै समस्या भएको छ। नयाँ सहर आयोजना कार्यालयले ढोरपाटन नगरपालिका–१ खप्तरीबाङ जग्गा खरिद गरि बसपार्क निर्माण गरेपछि सहज हुने अपेक्षा गरेको भए पनि यहाँ पार्किङ गर्नका लागि उचित नहुने स्थानीय चन्द्रलाल अर्यालले बताए। नदि किनारमा बसपार्क बनाउनु उपयुक्त नभएको भन्दै जग्गा खरिदनै खलत ठाउँमा भएको अर्याल बताउँछन्। जग्गा खरिद गर्ने समयमा स्थानीय तथा सर्वदलीय सर्वपक्षीय छलफल गर्नु पर्ने भए पनि सहरी विकास आयोजना र ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले आफू खुसी जग्गा खरिद गरेको बताए।

“अहिले जुन बसपार्क निर्माण भइरहेको ठाउँ छ, त्यो अत्यन्तै जोखिमयुक्त ठाउँमा छ, खोलाको छेउमा अहिले धमाधम संरचना निर्माण भएको त्यो संरचना कति बेला खोलामा बढी आएर बगाउँछ, थाहा छैन, बसपार्क बनेपछि यहाँ गाडी पार्किङ हुनेछन्,” अर्यालले भने– “बर्खाको समयमा त यहाँ पार्किङ कसरी गर्न सकिला र रु, अहिले पनि त्यहाँ पुगेर हेर्ने हो भने भूजीखोला उर्लिएर माथिमाथि आएको छ, कुनै पनि बेला बसपार्कमा पसेर ठूलो क्षति नपु¥याउला भन्न सकिन्न, यसमा बेलामाथि नै ध्यान दिनुपर्ने देखिन्छ, यदि त्यसो गरिएन भने भविष्यमा गम्भीर दुर्घटना नहोला भन्न सकिन्न।”

अहिले बन्दै गरेको बसपार्क उपयुक्त स्थानमा नभएको हुँदा सरोकारवाला निकायले सुरक्षित स्थानमा निर्माण गर्नुपर्ने यातायात व्यवसायी युवराज छन्त्यालले बताए। उनले बजारभन्दा टाढा र खोलाको नजिक हुँदा बर्खामा गाडीको सुरक्षा नहुनुको साथै यात्रु र गाडी चालकलाई बजार पुग्न समस्या हुने बताउँछन्।

उनले भने– “हिउँदको समयमा त ठिक हुन्छ, बर्खामा त यहाँ गाडी पार्किङ गर्न कसैले आँट गर्दैन होला, खोला उर्लिएरै माथि पुग्दोरहेछ, असुरक्षित ठाउँमा गाडी किन पार्किङ गर्ने, अर्को कुरा यो बसपार्क अपायक पर्ने ठाउँमा छ, गाउँ–गाउँ र काठामाडौँ पोखराबाट यात्रुलाई बसपार्कमा ल्याउनु पर्यो, बजार टाढा छ, उनीहरुलाई पुग्न गाह्रो हुन्छ, अझ बस्ने र खाजा खाने ठाउँ पनि छैन, सरोकारवाला निकायले ध्यान दिन जरुरी छ।”

विसं २०६८ सालदेखि सुरु भएको नयाँ सहर आयोजनाले जग्गा व्यवस्थापन गर्न ढिलाई गर्दा बसपार्क निर्माण हुन सकेको थिएन। विसं २०८० असार १५ गतेसम्म बसपार्क निर्माणको सम्पन्न गर्ने गत कात्तिक ७ गते आयोजनाको ठेक्का सम्झौता भएको थियो। अहिलेसम्म जम्मा ५० प्रतिशत काम सकिएको नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङका निमित्त प्रमुख अभिषेक अधिकारीले जानकारी दिए। बसपार्क निर्माणको जिम्मा गोरखनाथ कन्ट्रक्सन एण्ड मरचेन्टाईजर प्रालिले पाएको छ। विसं २०७५ मा छ रोपनी जग्गा खरिद गरी विभिन्न प्रक्रिया पूरा गरेर बसपार्क बनाउन थालिएको उनको भनाइ छ।
अहिले टर्मिनल भवन निर्माण भइसकेको र नदीमाथि तटबन्धन गरी जग्गा संरक्षण गरिरहेको अधिकारीले बताए। बसपार्कमा ३० वटा जीप, २० वटा बस र स–साना दर्जनौँ सवारी साधान अट्ने उनको भनाइ छ। टर्मिनल भवन तीन तलाको बनेको उनले बताए। बसपार्क दुई करोड २६ लाख ४० हजार चार सय ३१ रुपैयाँमा बन्न थालेको हो। अब गाडी पार्किङका लागि ढलान गर्न, गेट निर्माण गर्न बाँकी रहेको अधिकारी बताउँछन्। बसपार्क निर्माणका लागि अघिल्लो वर्ष दुई करोड रुपैयाँ विनियोजन भएको उनले जानकारी दिए।

“ठाउँमा जग्गा खोज्यौँ, बुर्तिबाङ बजारनै खोलासँग जोडिएको छ, मध्यपहाडी र बजारसँग जोडिएको हुँदा यहाँ बनाउन थालिएको हो, बसपार्क मध्यहाडी लोकमार्गभन्दा टाढा पनि किन्न मिल्दैन, बजारभन्दा टाढा पनि मिल्दैन, त्यसले गर्दा यहाँ बनाउन थालेका हौँ” अधिकारीले भने – “तटबन्धन गरेका छौँ जोखिम हुँदैन, अबको एक÷डेढवर्षमा सञ्चालनमा आउने छ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल

काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्बिरोध निर्वाचित भएका छन् । सङ्घको मङ्गलबार राजधानीमा सम्पन्न छैटौँ

द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौता

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस

विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति

तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरी

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।

अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय

इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

Techie IT