Techie IT
२०८१ वैशाख २०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठप्रबिधिटिकटकलाई छिटो नयाँ नियम बनाउन ईयूको आग्रह

टिकटकलाई छिटो नयाँ नियम बनाउन ईयूको आग्रह


एजेन्सी । डिजिटल बजारको रेखदेख गरिरहेका युरोपेली आयुक्तले बुधबार भिडियो सेयर गर्नका लागि प्रसिद्ध चिनियाँ सञ्जाल टिकटकलाई यूरोपेली संघ (ईयू)को नयाँ मापदण्ड अपनाउने कामलाई तीव्रता दिन आग्रह गरेका छन् ।

पारदर्शिता, तथ्याङ्क गोपनीयता, बाल संरक्षण, भ्रामक सूचना र घृणास्पद भाषणसम्बन्धी कडा नयाँ युरोपेली नियमहरू अर्को महिनाबाट लागू हुनेछन् र विशाल इन्टरनेट सेवा प्रदायकहरू यसको पालना गर्न दौडिरहेका छन् ।

सोमबार टिकटकले डब्लिनस्थित युरोपियन हेडक्वार्टरमा आफ्नो सिस्टममा ‘स्ट्रेस टेस्ट’ गरेको थियो । यसले ‘ईयू डिजिटल सर्भिसेज एक्ट’को पालना गर्न सकिन्छ कि सकिँदैन भनेर अध्ययन गरिरहेको छ ।

त्यसपछि युरोपेली आयुक्त थियरी ब्रेटनले टिकटकका प्रमुख कार्यकारी अधिकृत शो जी च्यूलाई फोन गरेर चेतावनीको स्वरमा भने, “अब पूर्ण रूपमा पालना गर्ने समय आएको छ ।”

गत जुनमहिनामा बेलायतले अमेरिकी प्लेटफर्म ट्वीटरलाई पनि यस्तै सन्देश पठाएको थियो । उसले यस्तै तनाव परीक्षण गरेको थियो, जुन शंकास्पद सामग्रीलाई मध्यम गर्ने आफ्नै क्षमता जाँच गर्न डिजाइन गरिएको थियो ।

‘ईयू डिजिटल सर्भिसेज एक्ट’ ले नोभेम्बरमा कानूनी रूप पाएको थियो । अमेजन, एप्पल, गुगल, मेटा र माइक्रोसफ्ट जस्ता वेबका १९ ठूला कम्पनीहरूलाई कानुनी दायरामा आउन अगस्ट २५ सम्म समय दिइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

समृद्ध नेपाल निर्माण गर्ने महाअभियान सुरु भएको छ: सञ्चारमन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सुशासन र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने महाअभियान थालेको बताएकी

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

नबिराएर नडराएर काम गर्न कर्मचारीलाई मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कानुनको परिधिभित्र रहेर उच्च मनोबलका साथ काम गर्न कर्मचारीहरुलाई आग्रह गरकी

गुगलको आधिकारिक प्रतिनिधि अब नेपालमा

काठमाडौँ । ‘अलेफ ग्रुप अन्तर्गतको मेडियम वाइ अलेफ कम्पनी नेपालका लागि गुगलको आधिकारिक बिक्रेता बनेको छ । गुगलको आधिकारिक बिक्री

हाम्रो पात्रोले समाचार पढ्न सजिलो र थप व्यक्तिगत बनाउन समाचार…

काठमाडौँ । चर्चित नेपाली एप हाम्रो पात्रोले समाचार खण्डमा पहिलो पटक सबैका लागि समाचार पढ्न सजिलो बनाउनका लागि एउटा नयाँ

नेपाल टेलिकम सम्मानित

काठमाडौँ । विपद् जोखिम न्यूनीकरणका लागि अतुलनीय योगदान पुर्‍याएकोमा नेपाल टेलिकम सम्मानित भएको छ । जल तथा मौसम विज्ञान विभागले

Techie IT