Techie IT
२०८१ वैशाख २३, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालविसं २०८१ को पात्रो प्रकाशन गर्नेले साउनभित्र विवरण पेस गर्नुपर्ने

विसं २०८१ को पात्रो प्रकाशन गर्नेले साउनभित्र विवरण पेस गर्नुपर्ने


काठमाडौँ। विसं २०८१ को पञ्चाङ्ग (पात्रो) प्रकाशन गर्न चाहने पञ्चाङ्गकारलाई साउन मसान्तभित्रै त्यससम्बन्धी विवरण पेस गर्न नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आह्वान गरेको छ।

पञ्चाङ्गकारलाई सूर्यसिद्धान्तको मूल सूत्रबाट ग्रहस्पष्टीकरण, ग्रहको उदय–अस्त, चाडपर्व, विवाह तथा व्रतबन्धका मुहूर्त र ग्रहण आदि विषय समावेश भएको पञ्चाङ्ग गणना गरी पेस गर्न समितिले सार्वजनिक सूचनामार्फत् अनुरोध गरेको हो।

आवश्यक दस्तुर पनि साउन मसान्तभित्र समितिको कार्यालय नारायणहिटीमा बुझाउनुपर्ने गरी सूचित गरिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए। मन्त्रिपरिषद्ले विसं २०७७ पुस २० गते गरेको समिति गठन आदेशको स्वीकृति बमोजिम यो सूचना प्रकाशन गरिएको हो। गठन आदेश बमोजिम समितिको स्वीकृति बिना पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेण्डर) प्रकाशन गर्न पाइँदैन। स्वीकृति बिना प्रकाशन गरिएका पात्रो प्रकाशनलाई नियमबमोजिम आवश्यक कारबाही गरिने पनि उनले बताए।

नयाँ पञ्चाङ्गकारको हकमा आफैँले गणना गरेको कम्तीमा तीन वर्षको पञ्चाङ्ग गणनाको गणित र विसं २०८१ को गणनाको सबै आधार एवं गणित पनि पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ। म्याद नाघी आएका र अङ्ग नपुगेका पञ्चाङ्गलाई स्वीकृति प्रदान नगरिने समितिले जनाएको छ। भित्तेपात्रो प्रकाशन गर्न चाहने व्यक्ति वा संस्थाले पनि समितिको स्वीकृति लिनुपर्ने सूचनामा उल्लेख गरिएको छ। यससम्बन्धी जानकारी समितिको वेबसाइटबाट पनि लिन सकिने जनाइएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालीको औसत आयु ७१.३ वर्ष

काठमाडौं । नेपालमा वार्षिक रुपमा ०.९२ को दरले जनसंख्या वृद्धि भइरहेको तथ्यांक सार्वजनिक भएको छ । जनसंख्या साक्षरता पुस्तक तथा

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका जापानका विदेशमन्त्री खामिखावा योकोबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्रीस्तरीय

कीर्तिपुरमा यात्रीवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन जना घाइते

काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा यात्रीवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आइतबार भएको दुर्घटनामा तीनजना घाइते छन् ।

ललितपुरको ग्वार्कोस्थित एक टहरामा आगलागी हुँदा पाँच जना घाइते

काठमाडौँ । ललितपुरको ग्वाको नजिकै एक टहरामा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार मोबिल

काभ्रेको जंगलमा आगो लगाउने ५ जना पक्राउ

काठमाडौँ । काभ्रेको जंगलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जंगलमा आगो लगाएको आरोपमा

भक्तपुरको एक उद्योगमा आगलागी हुँदा २ जना घाइते, करिब २…

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटस्थित एक प्लाई कार्पेट कारखानामा आगलागी हुँदा करिब २ करोडको क्षति भएको छ ।

Techie IT