Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यअनेसास न्यूह्यामसायरले मनायो २१०औँ भानुजयन्ती

अनेसास न्यूह्यामसायरले मनायो २१०औँ भानुजयन्ती


अमेरिका । अनेसास न्यूह्यामसायरले शनिवार भव्य समारोहका विच हुक्सेट पब्लिक लाइब्रेरीमा २१०औँ भानुजयन्ती मनाएको छ। अनेसास केन्द्रका अध्यक्ष गोवर्द्धन पूजाको प्रमुख आतिथ्यता र महासचिव विमला निरौलाको विशेष उपस्थिती रहेको उक्त कार्यक्रम च्याप्टर अध्यक्ष हरिमाया अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो।

नेपाली र अमेरिकी राष्ट्रिय गानसँगै भानुभक्तको फोटोमा माल्यार्पणबाट शुरू भएको कार्यक्रममा कवि रामचन्द्र भण्डारी र तारा देवी न्यौपानेले श्लोक वाचन सहित भानुभक्तको छोटो परिचय राखेका थिए।

प्रमुख अतिथि अध्यक्ष गोवर्द्धन पूजाले अनेसास न्यूह्याम्पसायरले नियमित र व्यवस्थित कार्यक्रम गर्दै आएकोमा धन्यबाद दिँदै, यतिखेर संसारभर अनेसासको नेतृत्वमा भानुजयन्ती मनाइएको बताए।

त्यसैगरी महासचिव विमला निरौलाले भाषा र साहित्यको विकाससँगै बालबालिकाहरूलाई नेपाली भाषा सिकाउनु पर्नेमा जोड दिए।

कार्यक्रममा विशिष्ट व्यक्तित्वहरू, शिवकुमार राई, कवि लालगोपाल सुवेदी, साहित्यकार शुशिल नेपाल, साहित्यकार अनु शाह, प्रधान सम्पादक ईश्वरी भट्ट, डा. रूद्र अर्याल, नेपाली समाज न्यूह्याम्पसायरका अध्यक्ष लाक्पा शेर्पा, राई समाज अमेरीकाका महासचिव मुक्ति नारायण राई, बिओटी खडिमान राई, अनेसास बिओटी मोहन निरौला, बिडीए अध्यक्ष डम्बर कडरिया, एनआरएन च्याप्टर अध्यक्ष कमल ढुंगाना, साहित्यकार सृजना शर्मा, सदस्य उषा गुरूङ, चन्द्र कडरिया, जुनु कडरिया लगायत सवै महानु भावहरूले आदि कविको तश्वीरमा फूल माला अर्पणगर्दै श्रध्दा सुमन अर्पण गरेका थिए।

साथै कवि एवं साहित्यकारहरू, लाल गोपाल सुवेदी, शुशील नेपाल, अनु शाह, डा रूद्र अर्याल, ईश्वरी भट्ट, सृजना शर्मालगायतले आफ्ना रचना वाचन र लाक्पा शेर्पा, शिवकुमार राई, मुक्ति नारायण राईलगायतबाट भानुको महत्व बारे मन्तव्य व्यक्त भएको थियो।

अन्तमा उपस्थित सबैमा हार्दिक आभार धन्यबाद व्यक्त गर्दै अध्यक्ष हरिमाया अधिकारीले सभा विसर्जन गरेका थिए। कार्यक्रम संस्थाका प्रधान सम्पादक ईश्वरी भट्टले संचालन गरेका थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

म किन बदलिने ?

म, म हुँ सधैं म, मै न रहन्छु म आफुलाई किन बदल्ने मेरो सोच मेरो हो म जान्छु त्यो ज्यूँदो

आफनो युद्ध आफैं लड्नुपर्छ

जित तिम्रो हुनसक्छ तिमीले प्रयास गर्नुपर्छ कृष्ण त केवल सारथी बन्छ आफ्नो युद्ध आफै लड्नै पर्छ। ध्यान तिम्रै धनुष बनाउनुपर्छ

राष्ट्रकविको जन्मस्थानमा उद्यान निर्माण

लमजुङ । राष्ट्रकवि माधव घिमिरको जन्मथल मस्र्याङ्दी गाउँपालिका–६ स्थित पुस्तुन बाहुनडाँडामा ‘राष्ट्रकवि उद्यान र सालिक’ निर्माण गरिएको छ । गण्डकी

‘समयभित्रको समय’ सार्वजनिक

काठमाडौँ । विभिन्न १५ कविका कविताहरू समेटिएको संयुक्त कविताकृति ‘समयभित्रको समय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा महालक्ष्मी

कोशिस गर !

कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ

थापाको ‘आमा नभएको घर’ प्रकाशित

काठमाडौं । कथाकार बखतबहादुर थापाको कथाकृति ‘आमा नभएको घर’ बजारमा आएको छ । यो उनको चौथो कथासंग्रह हो । २४

Techie IT