Techie IT
२०८१ वैशाख २२, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थअध्यक्ष ढकाल र संयुक्त राष्ट्र संघ आवासीय संयोजकबीच भेटवार्ता

अध्यक्ष ढकाल र संयुक्त राष्ट्र संघ आवासीय संयोजकबीच भेटवार्ता


काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले अघि सारेका आर्थिक संकटको समाधानको लागि रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सृजना गर्ने प्रमुख प्राथमिकताहरुमा सहकार्यका लागि विकास साझेदारसँग आग्रह गरेका छन्।

नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिंगरबीच भएको भेटवार्ताका अवसरमा अध्यक्ष ढकालले निजी क्षेत्र र विकास साझेदारहरु बिच सहकार्य बढाउन आग्रह गरे।

भेटवार्तामा दुई संस्थाबीच दिगो विकासका लक्ष्य कार्यान्वयन र अतिकम विकसित मुलुकबाट नेपालको स्तरोन्तीबाट पर्न सक्ने प्रभाव न्यूनीकरणका लागि सहकार्य गर्ने विषयमा छलफल भएको थियो।

साना तथा मझौला उद्योग व्यवसायको क्षमता विकास, दक्ष जनशक्ति उत्पादन, निजी क्षेत्र र तीनै तहका सरकारसँगको सहकार्य लगायतका विषयमा सहकार्य गर्ने बारे पनि छलफल भएको छ।

संयुक्त राष्ट्र संघका आवासीय संयोजकलाई महासंघ सचिवालयमा स्वागत गर्दै अध्यक्ष ढकालले मुलुकभर बलियो संजाल हुनुका साथै तल्लो तहसम्म पुग्न सक्ने संरचना महासंघको भएकाले दिगो विकास लक्ष्य पुरा गर्न महासंघ महत्वपूर्ण साझेदार हुनसक्ने बताए।

सो अवसरमा आवासीय संयोजक हाना सिंगरले महासंघका अध्यक्षले राख्नुभएका विषयलाई आफूले महत्वका साथ लिएको बताइन्।

आवासीय संयोजक हानाले दिगो विकास लक्ष्य र स्तरोन्नति विशेष चासोको विषय रहेको बताइन्। लक्ष्य हासिल गर्न स्तरोन्नतिबाट नकारात्मक प्रभाव न्यूनीकरणका लागि महासंघको भूमिका प्रभावकारी हुने उनको भनाइ थिया।

स्तरोन्नतिलाई सहज बनाउन रणनीति तयार पार्ने क्रममा सरकार, निजी क्षेत्र र संयुक्त राष्ट संघले सहकार्य गर्न सक्ने उनले बताइन्।

औपचारिक भेटवार्तामा संयुक्त राष्ट संघ नेपाल कार्यालय र महासंघ सचिवालयका अधिकारीहरुको उपस्थिति थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम…

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री

१०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने सरकारको निर्णय

काठमाडौँ । १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी

सन सेक्युरिटिजको लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

काठमाडौँ । सन सेक्युरिटिज प्रालिले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विश्वभर छरिएर रहेका नेपाली श्रमिकका लागि रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको छ

कपिलवस्तुको पकडीमा एभरेस्ट बैंकको एक्स्टेन्सन काउन्टर

काठमाडौँ । एभरेस्ट बैंक लिमिटेडले कपिलवस्तुको मायादेवी गाउँपालिका–१ स्थित पकडीमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । तौलिहवा शाखा कार्यालयको मातहतमा

अप्रिलमा १ लाख ११ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आए

काठमाडाैँ । गएको अप्रिलमा नेपालमा एक लाख ११ हजार जनाभन्दा धेरै पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अप्रिलमा

Techie IT