Techie IT
२०८२ असार ३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियरूसी रक्षामन्त्री उत्तर कोरिया भ्रमण गर्दै

रूसी रक्षामन्त्री उत्तर कोरिया भ्रमण गर्दै


सोल। रूसका रक्षामन्त्री सर्गेई शोइगु कोरियाली युद्धविरामको वार्षिकोत्सव मनाउन उत्तर कोरियाको भ्रमणमा जाने भएका छन्।

प्योङयाङको सरकारी समाचार माध्यमले कोरोना महामारीलगायत कारणबाट लामो समयसम्म हुननसकेका उच्चस्तरीय भ्रमण एवम् आदानप्रदान अब पुनःखुल्ने जनाएको छ।

चिनियाँ प्रतिनिधिमण्डल पनि सोही कार्यक्रममा सहभागी हुने पुष्टि भएको भोलिपल्ट रुसी रक्षामन्त्रीको घोषणा सार्वजनिक भएको हो।

रक्षा मन्त्री सर्गेई शोइगुको नेतृत्वमा रूसी महासङ्घको एक सैन्य प्रतिनिधिमण्डल यसैसाता प्योङ्योङ पुग्ने बताइएको छ।

युद्धविरामको वार्षिकोत्सवमा धेरै चिनियाँ कूटनीतिज्ञ उपस्थित हुन जनाएको छ। विश्वबाट एक्लिएको उत्तरका सिमाना सन् २०२० मा कोभिड महामारीका कारण बन्द भएको थियो।

प्योङयाङले युद्धविराममा हस्ताक्षर गरेको ७० वर्ष पूरा भएको अवसरलाई विजय दिवसका रुपमा मनाउन यो साता ठूलो सैन्य परेडलगायत कार्यक्रम आयोजना हुने अपेक्षा गरिएको सोलस्थित एनके न्यूजले जनाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

इजरायलद्वारा इरानमाथि आक्रमण शुुरु

एजेन्सी । इजरायलले इरानविरुद्ध आक्रमण थालेको छ । आक्रमणको निशाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाएको छ

अमेरिकाको लस एन्जल्समा प्रदर्शन झन चर्कियो

एजेन्सी । अमेरिकी राज्य क्यालिफोर्नियाका गभर्नर गेभिन नुस्सामले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा हाल्ने बताएका छन । क्यालिफोर्नियाको लस एन्जलस

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

ट्रम्पद्वारा विश्वका १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाउने घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।

Techie IT