Techie IT
२०८२ भदौ ४, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपाल‘सम्बन्धन दिन र विद्यार्थी भर्ना सिट तोक्ने कार्य नगर्नु’

‘सम्बन्धन दिन र विद्यार्थी भर्ना सिट तोक्ने कार्य नगर्नु’


काठमाडौँ । चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)लाई जथाभावी सम्बन्धन दिन र विद्यार्थी भर्ना सिट तोक्नेजस्ता कार्य नगर्न आग्रह गरेको छ ।

आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्रीले सिटिइभिटीलाई नयाँ सम्बन्धन दिने, विद्यार्थी सिट सङ्ख्या तोक्ने, प्रवेश परीक्षा लिनेसम्बन्धी सूचना प्रकाशित गर्नेजस्ता कार्य नगर्न आग्रह गरेको छ ।

आयोगले यसअघि नै चिकित्सा शिक्षाको सम्बन्धनका लागि सिफारिस गरिसकेको, विद्यार्थी भर्नाका लागि सिट निर्धारण गरिसकेकाले सिटिइभिटीलाई फेरि पनि त्यस्तो कार्य नगर्न आग्रह गरेको हो ।

आयोगले चिकित्सा शिक्षातर्फको शैक्षिक सत्र २०८०र०८१ का लागि सिट निर्धारणसहितको विवरण प्रकाशित गरिसकेको उनले बताए । “चिकित्सा शिक्षा आयोगको निर्णयबिना नै सिटिइभिटीबाट चिकित्सा शिक्षा पठनपाठन गर्ने, शिक्षण संस्थालाई सम्बन्धन दिने, विद्यार्थी भर्नाका लागि सिट संस्था निर्धारण गर्ने, प्रवेश परीक्षासम्बन्धी सूचना प्रकाशन गर्नेजस्ता कार्य राष्ट्रिय चिकित्सा शिक्षा ऐन तथा नियमावलीको प्रतिकूल हुने गरी गैरकानूनी कार्य सिटिइभिटी (परिषद्ले) गरेको देखियो”, सदस्य सचिव काप्रीले भने ।

आयोगको ऐन र नियमावलीका बारे सिटिइभिटीलाई पत्रमार्फत आयोगबाट पटकपटक जानकारी गराउँदागराउँदै पनिसङ्घीय संसद्ले बनाएको ऐन तथा सरकारले बनाएको नियमावलीको प्रतिकूल हुने गरी सिटिइभिटीले नयाँ सम्बन्धन दिने, विद्यार्थी भर्ना सिट संस्था तोक्ने, प्रवेश परीक्षा लिनेसम्बन्धी सूचना प्रकाशित गर्ने, राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को जबर्जस्तीरूपमा अपव्याख्या गर्ने, आयोगको निर्देशन पालना गर्न नपर्ने भनी आयोगमा पत्राचार गर्नेजस्ता सिटिइभिटीबाट भए गरिएका काम कारबाहीप्रति आयोगको ध्यानाकर्षण भएको उनले जनाए ।

आयोगबाट सम्बन्धन सिफारिस नभएका, आयोगबाट सिट सङ्ख्या निर्धारण नभएका शिक्षण संस्थामा चिकित्सा शिक्षाको पठनपाठनका लागि विद्यार्थी भर्ना गरे गराएमा वा विद्यार्थी भर्ना भएका ती विद्यार्थीको उपाधि नेपाल स्वास्थ्य व्यवसायी परिषद्लगायत सम्बन्धित विषयगत काउन्सिलमा दर्तासमेत नहुने हुँदा त्यसप्रति सजग रहन अभिभावक, विद्यार्थी र सम्बन्धित शिक्षण संस्थालाई समेत आग्रह गरेको छ ।

आयोगबाट अपग्रेड नगरिएका, सम्बन्धन प्राप्त नगरेका र मापदण्ड पूरा नगरेका शिक्षण संस्थाले आयोगले विद्यार्थी सिट निर्धारण नगरेको अवस्थामा विद्यार्थी भर्ना गरे गराएमा ती संस्थालाई कानूनी कारबाही अगाडि बढाउन आयोग बाध्य हुने र अन्य प्रचलित कानूनबमोजिम कारबाही गर्नका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने आयोगको कार्यकारी समितिले निर्णय गरेको सदस्य सचिव काप्रीले जानकारी दिए ।

त्रिविले प्रश्नपत्र त्रृटिबारे छानबिन गर्ने 

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षामा प्रश्नपत्र फरक परेको सम्बन्धमा छानबिन गर्ने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले प्रश्नपत्र त्रृटिका सम्बन्धमा छानबिन गरी यथार्थ विवरण सार्वजनिक गर्ने जानकारी दिएका छन् ।

उनले आगामी दिनमा प्रश्नपत्र त्रृटि नदोहोरिने गरी व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ । यही साउन ८ गते भएको मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत चार वर्ष स्नातक तहको तेस्रो वर्षको ऐच्छिक विषय ‘पर्यटन विकासको परिचय (‘इन्ट्रडक्सन टु टुरिज्म डेभलपमेन्ट)ं ४२५’ विषयको सट्टा असार २८ गते सम्पन्न भइसकेको ‘भारतको आधुनिक इतिहास (हिस्ट्री अफ मोडर्न इण्डिया) ४१०’ विषयको प्रश्नपत्र परीक्षार्थीलाई बाँडिएको थियो ।

 

प्रश्नपत्र फरक परेको आधा घण्टाभित्र सबै परीक्षा केन्द्रमा पुनः पर्यटन विकासको परिचय प्रश्नपत्र परीक्षार्थीलाई उपलब्ध गराइएको परीक्षा नियन्त्रक जोशीले जानकारी दिए ।

 

उनान्तीस वटा ऐच्छिक विषयमध्ये कुनै दुई वटा विषय छनोट गर्नुपर्ने कारण परीक्षाको अवधि छोटो बनाउन साउन ४ र साउन ८ गते दिन ऐच्छिक प्रथम र ऐच्छिक द्वितीय विषय छनोट गर्नुपर्ने व्यवस्थाअनुसार दुवै दिन २९ वटै विषयको प्रश्नपत्र सम्बन्धित परीक्षा केन्द्रमा पठाइएकोमा साउन ८ गतेको प्रश्नपत्र पर्यटन विकासको परिचय विषयमा आधुनिक भारतको इतिहास विषयको समावेश हुन गएको अवस्थाले घटना घट्न गएको उहाँले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

 

परीक्षा नियन्त्रक जोशीले उक्त घटना परीक्षा अवधिमै समाधान भइसकेको भन्दै देशभरिका ३० वटा केन्द्रमा सञ्चालित परीक्षामा आठ सय ६९ परीक्षार्थीलाई परीक्षा सञ्चालनमा पुग्न गएको अप्ठेरो परिस्थितिमा पनिकाको ध्यानाकर्षण भएको जनाए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्य

बागलुङ । बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अहिले पनि अन्धकारमा बस्न बाध्य छन् । निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमा

राहुघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा पहिरोमा पुरिएर २ जनाको मृत्यु,…

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा सोमबार पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ भने

बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्रासन आयुर्वेदिक थोपा प्रदान गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बालबालिकाको प्रतिरोध क्षमता विकासका लागि आयुर्वेदिक पद्दतीको स्वर्णप्रासन थोपा प्रदान गर्ने निर्णय

ब्रिटिस एजुकेशन ग्रुपले किल युनिभर्सिटीसँगको सहकार्यमा बीएससी (अनर्स) डाटा साइन्स…

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस इन्टरनेशनल कलेजले यूकेको किल युनिभर्सिटीसँगको सहकार्यमा बीएससी (अनर्स) डाटा साइन्स शैक्षिक कार्यक्रमको शुभारम्भ

र्‍यान्डमले चलायो पोखरामा कर्णालीको चर्चा

पोखरा, साउन ३१ गते । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कर्णालीको चर्चा चलाएको छ । माधव चौलागाईँको कृति ‘सपादलक्ष कर्णाली’

Techie IT