Techie IT
२०८२ वैशाख २३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिय‘चिनियाँ खेलकुद क्षेत्र भ्रष्टाचारको चपेटामा’

‘चिनियाँ खेलकुद क्षेत्र भ्रष्टाचारको चपेटामा’


एजेन्सी । चीनको गौरव र गरिमालाई खेलकुदका माध्यमबाट उच्च राख्दै आएको यो क्षेत्र भ्रष्टाचारको चपेटामा परेसँगै विवादमा तानिएको छ । विश्व खेलकुद मञ्चमा अग्रपङ्क्तिमा रहेको चीन पछिल्ला केही वर्षयता भ्रष्टाचारका काण्डले ओजविहीन बनेको छ ।

साउथ चाइना मर्निङ पोष्टले हालै सार्वजनिक गरेको एक विवरणअनुसार लोकप्रिय खेल फुटबल राजनीतिक नेतृत्वको प्रोत्साहनका कारण उच्च स्थानमा रहेकामा पछिल्लो समय सतहमा आएका विविध विवाद र भ्रष्टाचारका विषयले साख जोगाउन हम्मेहम्मे परेको छ ।

चिनियाँ फुटबल सङ्घका दुईजना अधिकारीलाई भ्रष्टाचारको मुद्दामा अनुशासन समिति र खेलकुद नियामक निकायले कारबाही प्रक्रिया अघि बढाएपछि लोकप्रिय खेल फुटबलसँग सम्बन्धित समस्या सतहमा सार्वजनिक भएका हुन् ।

खेलकुद नियामक निकायले पनि अनुसन्धानलाई तीव्र गतिमा अघि बढाएको छ । विशेषगरी पुरुष फुटबल प्रतियोगितामा भ्रष्टाचार भएको उक्त निकायको ठहर छ । यद्यपि महिला फुटबलको नतिजा सन्तोषजनक र निर्विवाद रहेको छ । फुटबलको सबैभन्दा ठूलो प्रशिक्षण प्रतिष्ठानका उच्च अधिकारी पनि भ्रष्टाचारमा मुछिएका छन् भने उनीहरुलाई प्रशिक्षणको जिम्मेवारीबाट हटाइएको छ ।

चिनियाँ फुटबल महासङ्घले ग्वान्जाउको फुटबल सङ्घलाई उसका प्रशिक्षार्थीहरूको खराब प्रदर्शनका कारण निलम्बन गरिएको छभने आगामी वर्ष हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा वैकल्पिक व्यवस्था गर्नुपर्ने सृजना भएको छ । महासङ्घले आगामी एक वर्षभित्रमा सङ्घको संस्थागत संरचना तयार गर्न सम्बन्धित पदाधिककारीलाई निर्देशन दिएको छ ।

‘म्याच फिक्सिङ’लगायत फुटबलसँग सम्बन्धित भ्रष्टाचारका काण्डले चीनको गौरव घटाएको पूर्वराष्ट्रिय प्रशिक्षक ली तेइले बताएका छन् । चीनको भ्रष्टाचार विरोधी निकायले राजनीतिक भ्रष्टाचार विरोधी अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । ग्वान्जाउ फुटबल सङ्घका अध्यक्षसहित छ जनालाई ‘म्याच फिक्सिङ’को अभियोगमा निलम्बन गरिएको छ ।

फुटबल खेलमा निरन्तर बढीरहेका भ्रष्टाचार नियन्त्रण गर्न चीनले समयमै प्रभावकारी उपाय नअपनाए अन्तरराष्ट्रिय जगत्मा कमाएको प्रतिष्ठा धुमिल हुने खेल क्षेत्रका विज्ञले बताएका छन् । गत शीतकालीन ओलम्पिकका बेला स्केटिङमा भएको अनियमिताका बारेमा दक्षिण कोरियाली खेलाडीले गरेको उजुरीलाई पनि पाठका रुपमा लिनुपर्ने उनीहरूको कथन छ ।

यसैबीच, चिनियाँ कम्युनिष्ट पार्टीको २४ सदस्यीय पोलिटब्युरो स्थायी समिति तथा देशको सर्वोच्च नीतिनिर्माता निकायले भ्रष्टाचारका साथै कुनै किसिमका अनियमितता हुन नदिने प्रतिबद्धता व्यक्त गरेको पार्टीको मुखपत्र पिपुल्स डेलीले जनाएको छ । राष्ट्रपति सी चीनफिङले सुशासन कायम गर्न दिएको निर्देशनको पालना भए÷नभएको नियमितरूपमा अनुगमन गरिनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इजरायली मन्त्रिपरिषदद्वारा गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत

एजेन्सी । इजरायली मन्त्रिपरिषद्ले गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत गरेको छ । एक सरकारी अधिकारीका अनुसार यो योजना

चीनसँग व्यापार वार्ता गर्ने अमेरिकाको प्रस्ताव

एजेन्सी । अमेरिकाले चीनसँग व्यापार वार्ता शुरू गर्न चाहेको चिनियाँ सरकारी मिडियाले दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

भारतको अहमदाबादमा बङ्गलादेशी नागरिकविरुद्धको कारबाही रोकिएन

एजेन्सी । भारतको अहमदाबादको चण्डोला ताल क्षेत्रमा कथित बङ्गलादेशी नागरिकहरूमाथि ठूलो मात्रामा डिमोलिसन ड्राइभ अर्थात् (भत्काउने अभियान) तीव्र बनेको बीबीसी

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

इरानको बन्दरगाह विस्फोट अपडेट: १४ जनाको मृत्यु, ७५० जना घाइते

एजेन्सी । इरानको बन्दरगाहमा शक्तिशाली विस्फोट हुँदा १४ जनाको मृत्यु भएको छ । इरानको दक्षिणी प्रान्त होर्मोजगानस्थित महत्वपूर्ण बन्दरगाह शाहिद

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

Techie IT