गृहपृष्ठ ∕
राजनीति ∕
गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिबाना तिरे गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिबाना तिरे
काठमाडौँ। नेपाली कांग्रेसका सांसद गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिबाना तिरेका छन्। निर्वाचन खर्च सार्वजनिक गरेकोबारे निर्वाचन आयोगलाई जानकारी नगराउने उमेदवारलाई आयोगले जरिबाना गर्ने निर्णय गरेको थियो।
थापाले खर्च विवरण आयोगलाई बुझाएर सार्वजनिक गरेपनि सार्वजनिक गरेको जानकारी आयोगलाई गराएका थिएनन्। त्यसैका लागि उनलाई जरिबाना गरिएको हो।
‘मैले निर्वाचन आयोगमा मिति २०७९–०८–२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु। यो विवरण सार्वजनिक पनि भएको थियो। तर यस्तो जानकारी आयोगलाई गराउनुपर्ने जानकारी नभएको जानकारी गराउँछु। अतः १५ हजार जरिबाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भइसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु,’ उनले सामाजिक संजालमा लेखेका छन्।
आयोगले तोकेको समयभित्र निर्वाचन खर्च बुझाएका पाँच हजार ५६२ उमेदवारलाई ०८० वैशाख ६ गतेदेखि १२ गतेसम्ममा निर्वाचन खर्च विवरण सार्वजनिक गरी लिखित जानकारी प्रदेश वा जिल्लामा दिन निर्देशन दिएको थियो।

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट
काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद