Techie IT
२०८२ वैशाख २६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालअझै निर्माण सम्पन्न भएन गोरखामा ‘सिटीहल’

अझै निर्माण सम्पन्न भएन गोरखामा ‘सिटीहल’


गोरखा। गोरखा सदरमुकामस्थित गोरखा नगरपालिका–७ नयाँबजारमा निर्माणाधीन सिटीहलको काम झन्डै सात वर्ष बितिसक्दासमेत अझै अपूरो छ।

निर्माण कम्पनीले विसं २०७४ माघमा तीन वर्षभित्रमा सम्पन्न गर्ने ठेक्का सम्झौता गरेको सिटीहल निर्माणको काम अहिलेसम्म ६० प्रतिशतमात्र सम्पन्न भएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख सुरज पौडेलले बताए।

ठेक्का सम्झौताको चौथोपटक थपिएको म्यादसमेत सकिनै लागेको छ। यसका लागि कार्यालयले कम्पनीसँग रु ३० करोड ८० लाख ९० हजार नौ सय ३२ मा काम सक्ने गरी ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार कम्पनीले २०७७ माघ १० गतेभित्र कम्पनी काम सम्पन्न गर्नुपर्ने थियो।

“बेसमेन्ट, फाउन्डेसन निर्माणमा भिरालो जमिनका कारण कठिनाइ भएकाले तोकेको भन्दा बढी समय लागेको र काममा ढिलाइ भएको भएको हो”, उनले भने, “कोरोना सङ्क्रमण र त्यसपछि आर्थिक मन्दीसँगै सभाहलमा ट्रष्टको डिजाइन सुरुभन्दा पछि फरक पर्न जाँदा र डिजाइन परिवर्तन गर्नुपरेकाले ढिलाइ हुनपुगेको हो।”

चौथोपटक थपिएको म्याद सकिन लागेकाले अब अन्तिम पटक म्याद थपका लागि मन्त्रालयमा पठाइएको उनले जानकारी दिए। “यदि म्याद थपिएको एक वर्षभित्रमा पूरा हुनुपर्छ”, एकाइ पौडेलले भने, “सबै काम सम्पन्न गर्नका लागि निर्माण कम्पनीले थप एक वर्ष समय मागेको छ।” गोरखा सदरमुकामको नयाँ बसपार्कमा झन्डै १२ रोपनी जग्गामा सिटीहल निर्माण भइरहेको छ।

उक्त सिटीहल सात सय ६२ अट्न सक्ने क्षमताको छ। “बालकुुनेमा दुई सय जनाको क्षमता हो भने मुख्य हलमा पाँच सय ६२ जनाको क्षमता भएको हल निर्माण गर्न लागिएको छ”, उनले भने, “त्यस हलमा मल्टिप्रपोज हल, बालकुने, इलोक्टोनिक रुम, गार्डरुम र शौचालय बनिसकेको छ।”

अबको एक वर्षभित्रमा सबै निर्माणको काम सम्पन्न गरी सिटीहल गोरखा नगरपालिकालाई हस्तान्तरण गर्ने गरी काम अघि बढाइएको उनले जानकारी दिए। निर्माण कम्पनीलाई पेश्कीस्वरुप झन्डै रु २२ करोड भुक्तानी भइसकेको सङ्घीय आयोजन कार्यान्वयन एकाइ कास्कीले जनाएको छ।

निर्माण कम्पनीका व्यवस्थापक श्रवणकुमार कुशवाहले सबै काम लगभग अन्तिम चरणमा रहेको र बाँकी ‘स्टक्चर’अनुसार काम भइरहेको जानकारी दिए। ‘बेस्टमेन्ट’ र ‘फाउन्डेसन’का कारण छ–सात महिनासम्म पनि काममा गति दिन नसक्दा निर्माणमा ढिलाइ भएको उनको भनाइ छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विपिन जोशी जिवित रहेकोमा इजरायलको आशंका

एजेन्सी । इजरायल–हमास युद्धमा झण्डै दुई वर्षदेखि बेपत्ता भएका नेपालका विपिन जोशी जीवितै रहेकोमा इजरायली अधिकारीहरूले नै आशंका व्यक्त गरेका

रेबिज लागेर १ जनाको मृत्यु

चितवन । रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । निजको भरतपुर अस्पतालमा उपचारका क्रममा

नेपालीको औषत आयु ६० वर्ष

काठमाडौँ । नेपालीको औषत आयु ६० वर्षसम्म रहेको राष्ट्रिय तथ्यांक कार्यालयको अध्ययनले देखाएको छ । २०७८ सालको राष्ट्रिय जनगणना अनुसार

भक्तपुरले जित्यो फुल कन्ट्याक्ट किक बक्सिङको उपाधि

भक्तपुर । भक्तपुरमा पहिलो पटक आयोजना गरिएको फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता मा आयोजक टिम भक्तपुर नै समग्र विजेता बन्न

सुरक्षण मुद्रण उपकरण खरिदमा विकल पौडेल भ्रष्टाचारी ठहर

काठमाडाैँ । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको कसूरमा दोषी ठहर

मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी

काठमाडौँ । सरकारले मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारीसँगै विपदपछिको पुनर्निर्माणका लागि सक्रियता बढाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

Techie IT