Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसुन तस्करीको मुख्य मालिक पक्राउ पर्ने पर्खाइमा छौँ: सभापति लामिछाने

सुन तस्करीको मुख्य मालिक पक्राउ पर्ने पर्खाइमा छौँ: सभापति लामिछाने


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीको मुख्य मालिक पक्राउ पर्ने पर्खाइमा आफ्नो पार्टी रहेको बताएका छन् ।

शनिबार पार्टीको भक्तपुर नगर समिति गठन तथा घोषणासभामा उनले सरकारले सुनको भरिया पक्राउ गरे पनि अझै मुख्य मालिक पक्राउ नपरेकाले ती मालिक पक्राउ पर्ने पर्खाइमा आफ्नो पार्टी रहेको बताएका हुन् ।

उनले भने, “सुन तस्करीका मुख्य मालिक सरकारले कहिले पक्राउ गर्छ भनेर हामी हेरेर बसेका छौँ, पक्कै पक्राउ पर्छ भन्ने पर्खाइमा पनि छौँ ।”

सभापति लामिछानेले जनताको भारी मतले आएको रास्वपालाई बेला–बेला कुनै दलको पछि लाग्यो भन्ने आरोप लाग्ने गरेकामा आपत्ति प्रकट गर्दै आफ्नो पार्टीलाई कसैको भारी बोकेर र पछि लागेर हिँड्नुपर्ने आवश्यकता नरहेको पनि बताए ।

रास्वपालाई सिध्याछु भन्ने कसैले पनि नसोच्न आग्रह गर्दै उहाँले यो पार्टीभित्र एकसे एक होनाहार नेताहरू रहेकाले कसैले सिध्याउन नसक्ने बताए । सभापति लामिछानेले रास्वपामा आउनेको लहर चलेको बताउँदै स्वार्थ लिएर यो पार्टीमा प्रवेश नगर्न आग्रह गरे । उनले भने, “हाम्रो पार्टीमा प्रवेश गर्नेहरूलाई कुनै स्वार्थ नलिई आउन आह्वान गर्दछु, यो पार्टीमा आउनेबित्तिकै अब म वडाध्यक्ष, मेयर, उपमेयर, सांसद हुन्छु वा २०८४ को चुनावमा अब म उम्मेदवार हुँ भन्ने चर्चा गर्दै नहिँड्नुस्, स्वार्थ बोकेर आउनेलाई यो पार्टीमा ठाउँ छैन, आउँदो चुनावमा जनताले चाहेको नेतृत्व खोज्न त्यतिखेरै पार्टी लाग्नेछ, त्यस्ता चर्चा कसैले नगरौँ ।”

पार्टीमा रहेर कुनै पनि व्यक्तिले नराम्रो काम गरेको पाइए तत्कालै पार्टीले कारबाही गर्ने बताउँदै उहाँले त्यसतर्फ सचेत रहन आग्रह गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

यो सभा चलाउने तरिका भएन: राजेन्द्र पाण्डे

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रतिपक्ष दलहरुले संसदमा अवरोध गरिरहेको बेलामा संसद बैठक

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

Techie IT