Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियमणिपुरमा निःशर्त शान्ति स्थापना हुनुपर्नेमा जोड

मणिपुरमा निःशर्त शान्ति स्थापना हुनुपर्नेमा जोड


एजेन्सी । जातीय द्वन्द्व र हिंसाका कारण आक्रान्त भएको भारतको उत्तरपूर्वी राज्य मणिपुरको वास्तविक वस्तुस्थितिबारे जानकारी लिन तथा शान्ति सुव्यवस्था बहालीका निम्ति सम्बद्ध पक्षलाई आह्वान गर्न भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (आइएनडिआईए) आवद्ध विपक्षी नेताहरूको एक प्रतिनिधिमण्डल राज्यको राजधानी इम्फाल आएको छ ।

विपक्षी गठबन्धनमा आबद्ध २१ सदस्यीय प्रतिनिधिमण्डलले आज मणिपुरका गभर्नर अनुसुया उइकेलाई राजभवनमा भेटेर राज्यमा शान्ति स्थापना गर्न राज्यपाललाई अनुरोध गर्ने भएको छ । प्रतिनिधिमण्डलले राज्यमा शान्तिसुव्यवस्था कायम विशेष प्रयास गर्नुपर्नेमा जोड दिँदै राज्यपाललाई ज्ञापनपत्र पनि हस्तान्तरण गर्ने कार्यक्रम रहेको राष्ट्रिय जनता दलका सांसद मनोज झाले बताएका छन् ।

जतिसक्दो चाँडो शान्ति स्थापना गर्न आग्रह गर्न तथा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई राज्यको वास्तविक वस्तुस्थितिबारे जानकारी गराउन राज्यपाललाई अनुरोध गर्ने उनले बताए ।

जातीय हिंसाबाट विस्थापित भएका मानिस राखिएका चार वटा शिविरको भ्रमणपछि पत्रकार सम्मेलनमा प्रतिनिधिमण्डलका सदस्यहरुले केन्द्रसँग छलफल गरी शान्ति स्थापनाका लागि सुझाव र सल्लाह दिन तयार रहेको बताए ।

द्वन्द्वग्रस्त राज्यमा यस्तै टोली नपठाएकोमा भारतीय जनता पार्टी नेतृत्वको केन्द्र सरकारको आलोचना गर्दै विपक्षी नेताहरूले आह्वान गरेको खण्डमा आफूहरू खुशीसाथ प्रधानमन्त्री नरेन्द्र मोदीका सर्वदलीय प्रतिनिधिमण्डलमा सामेल हुने विपक्षी सांसदले बताए । मणिपुरमा निःशर्त शान्ति स्थापना हुनुपर्नेमा उनीहरूको जोड छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

Techie IT