Techie IT
२०८१ वैशाख २३, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनकलाकार सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट

कलाकार सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट


काठमाडौँ। कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट भेटिएको छ। रातोपुलस्थित घरमा झुन्डिएको अवस्थामा मृत भेटिएका ताम्राकारको सुसाइड नोट भेटिएको हो।

प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलको ‘नोट्स’मा उनले मृत्यु हुनुअघि लेखेको विवरण फेला परेको हो।

सारुकले सुसाइड नोटमा कसैलाई दुःख नदिन प्रहरीलाई अनुरोध गरेका छन्। ताम्रकारले नोटमा आफूलाई विवादमा नपार्न पनि भनेका छन्। झण्डै एक पाना लामो नोटमा उनले साथीहरु र परिवारलाई पनि सम्झिँदै सबै गल्ती आफ्नै भएको बताएका छन्।

सारुकले लेखेका छन् ‘पुलिसहरू डन्ट फकिङ मी कन्ट्रोभर्सी। इट्स अल माई फल्ट। कसैलाई ब्लेम नगर्नु। यो सबै यहीँ इन्ड हुनु थियो। सो सकियो। मेक मि रेस्ट इन पीस, धन्यवाद।’

प्रहरीका अनुसार, उनले आमा र बुबालाई सम्बोधन गर्दै फेरि यही परिवारमा जन्मिन पाउँ समेत भनेका छन्।

ताम्राकार २१ असारमा घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बेलायतमा चलचित्र मनसराको ग्राण्ड प्रिमियर हुँदै

लण्डन । बेलायतमा चलचित्र मनसराको ग्राण्ड प्रिमियर हुने भएको छ । मे ११ शनिवारको दिन गोर्खा वरियर्सको आयोजनामा बेलायतको भ्यू

चलचित्र ‘पूजार सार्की’को विषयमा दलित आयोगको चासो

काठमाडौँ । जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित भएर बनेको नेपाली चलचित्र ‘पूजार सार्की’ प्रति राष्ट्रिय

‘कुल ब्वाइ’ ‘होस्टेल ३’मा अनुबन्धित

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा थुप्रै स्टार कलाकारहरू जन्माएको बहुचर्चित चलचित्र सिरिज ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’मा ‘कुल ब्वाइ’को नामबाट

चलचित्र ‘पुजार सार्की’को सशक्त गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ।

वैशाख २४ गतेदेखि शिल्पी थिएटरमा नाटक ‘बाजी’

काठमाडौँ । काठमाडौँको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा यही वैशाख २४ गतेदेखि ३० गतेसम्म नाटक ‘बाजी’ मञ्चन हुने भएको छ ।

अभिनेता सिपी लोहनीको निधन

काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली

Techie IT