Techie IT
२०८२ साउन १७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमाओवादी केन्द्रका नेताहरु पार्टी परित्याग गरी जसपा प्रवेश

माओवादी केन्द्रका नेताहरु पार्टी परित्याग गरी जसपा प्रवेश


काठमाडौँ। नेकपा माओवादी केन्द्रका नेताहरुले पार्टी परित्याग गरी जनता समाजवादी पार्टी नेपाल (जसपा)मा प्रवेश गरेका छन्। सोमबार जसपा नेपालको पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित एक सामारोहमा उनीहरुलाई पार्टी प्रवेश गराइएको हो।

पार्टी प्रवेश गर्नेहरुमा माओवादी केन्द्रका अम्बिका कुमारी बिश्वकर्मा, श्रीनारायण बिश्वकर्मा लगायतका नेताहरु रहेका छन्। उनीहरुलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले खादामाला र टिका लगाएर पार्टीमा स्वागत गरे।

धनुषाधामको भिमानमा स्थायी घर भएकी अम्बिका विश्वकर्मा यसअघि माओवादी केन्द्रबाट धनुषामा उपमेयर र प्रदेश सभाको समानुपातिक सांसद उम्मेदवार रहेकी थिइन्। पार्टी प्रवेश कार्यक्रममा जसपाको तर्फबाट मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, जसपाका संघीय सांसद दिपक कार्की, राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादव, बुद्धिजीवि पेशाकर्मी महासंघका केन्द्रीय अध्यक्ष सीताराम साह लगायतको उपस्थिति रहेको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अर्थतन्त्रको मेरुदण्ड: उद्योगबिना सम्भव छैन

आज नेपालले भोगिरहेको प्रमुख चुनौतीमध्ये रोजगारी अभाव सबैभन्दा गहिरो समस्या बनिसकेको छ । प्रत्येक वर्ष हजारौं युवाशक्ति विदेशिने क्रम बढ्दो

गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ

गुल्मी । गुल्मीका किसानहरु यतिबेला खेतमा धान रोपाइँमा व्यस्त बनेका छन । वर्षा शुरु भएसँगै यहाँका किसानहरुलाई खेत रोपाइँको चटारो

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ

ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणा

गाजा युद्ध अन्त्य गर्न आवश्यक कदम नचाले प्यालेस्टाइनलाई मान्यता दिने…

लण्डन । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले इजरायलले गाजा युद्ध अन्त्यका लागि ठोस कदम नचाले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई औपचारिक मान्यता दिने

भोटेकोशीमा बाढी: रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडाैँ । रसुवाको भोटेकोशीमा गएराति ठूलो बाढी आएको छ । बाढीलगत्तै रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको

Techie IT