Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियआर्थिक सङ्कटले श्रीलङ्काकाको वास्तविक मित्र पहिचान गराएको पूर्वाधार मन्त्रीको भनाइ

आर्थिक सङ्कटले श्रीलङ्काकाको वास्तविक मित्र पहिचान गराएको पूर्वाधार मन्त्रीको भनाइ


एजेन्सी । भारत र श्रीलङ्काबीचको सांस्कृतिक र आर्थिक सम्बन्धका लागि मछुवा मुद्दाको ‘स्थायी समाधान’ महत्वपूर्ण रहेको श्रीलङ्काले जनाएको छ ।

श्रीलङ्काका जलस्रोत, आपूर्ति तथा पूर्वाधार मन्त्री जीवन थोन्डमानले भारत र श्रीलङ्काबीचको सम्बन्ध बलियो र घनिष्ठ रहेको बताउँदै आर्थिक सङ्कटका बेला श्रीलङ्काको वास्तविक मित्र को हो भन्ने कुरा उजागर भएको बताएका छन् ।

पूर्वाधारमन्त्रीले आफ्नो एक सातालामो भारत भ्रमणपछि चेन्नई विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उक्त कुरा बताएका हुन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री थोन्डमानले भने, “गत साता श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमासिङ्घेसँग हामीले दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका थियौँ।

प्रधानमन्त्री मोदीसँगको भेटमा हामीले धेरै विषयमा छलफल गर्यौं र नवीकरणीय क्षेत्रको विकासका लागि सहमति र सम्झौतामा हस्ताक्षर भएको छ ।”

उनले आर्थिक सङ्कटका बेला श्रीलङ्काको वास्तविक मित्र को हो भन्ने कुरा सारा विश्वले थाहा पाएको बताउँदै भने, “भारत र श्रीलङ्काबीचको सम्बन्ध निकै प्रगाढ र घनिष्ठ छ । यसमा केही शक्तिको घुसपैठले कुनै अर्थ राख्दैन ।”

श्रीलङ्काका मन्त्रीले प्रधानमन्त्री मोदीसँगको भेटमा विशेषगरी तामिल समुदायका साथै मछुवाका मुद्दासँग सम्बन्धित केही विषयमा पनि छलफल भएको बताए । उनले आइतबार तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनलाई पनि भेटेर मछुवाहरूको समस्याको स्थायी समाधानका विषयमा छलफल गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

Techie IT