Techie IT
२०८१ वैशाख २२, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनगौहर खानले १० दिनमा घटाइन् १० किलो तौल

गौहर खानले १० दिनमा घटाइन् १० किलो तौल


एजेन्सी । बलिउड अभिनेत्री तथा मोडल गौहर खानले आमा बनेपछि मात्र १० दिनमा १० किलो तौल घटाएकी छन् । उनले तौल घटाएपछिको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छन् । मे १० मा गौहर खानले छोरालाई जन्म दिएकी थिइन् ।

तस्बिर सेयर गर्दै उनले लेखेकी छन्, ‘डेलिभरीको १० दिनमा मैले १० किलो तौल घटाएको छु ।’ यद्यपि, उनले आफ्नो तौल कसरी घटाइन् भन्नेबारे भने खुलाएकी छैनन् । उनले आफ्नो लक्ष्य अझै पूरा नभएको भन्दै अझै ६ केजी घटाउनुपर्ने पनि फोटोसँगै लेखेकी छन् ।

२५ डिसेम्बर २०२० मा, गौहर र जैदले मुम्बईको आईटीसी ग्रान्ड मराठा होटलमा विवाह गरेका थिए । गौहर र जैदको उमेरमा १२ वर्षको अन्तरका कारण विवाह त्यतिखेर चर्चामा थियो । यो जोडीको प्रेम कथा कुनै फिल्म भन्दा कम थिएन ।

जैदले पहिलो पटक गौहरलाई एउटा किराना पसलमा देखेका थिए, त्यसपछि उनले गौहरलाई म्यासेज गरेर भेट्ने इच्छा व्यक्त गरेका थिए । दुईबीचको सम्बन्ध मित्रताबाट सुरु भएको थियो, लामो समय एकअर्कालाई डेट गरेपछि यी जोडीले विवाह गर्ने निर्णय गरेका थिए ।

 

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘पूजार सार्की’को विषयमा दलित आयोगको चासो

काठमाडौँ । जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित भएर बनेको नेपाली चलचित्र ‘पूजार सार्की’ प्रति राष्ट्रिय

‘कुल ब्वाइ’ ‘होस्टेल ३’मा अनुबन्धित

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा थुप्रै स्टार कलाकारहरू जन्माएको बहुचर्चित चलचित्र सिरिज ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’मा ‘कुल ब्वाइ’को नामबाट

चलचित्र ‘पुजार सार्की’को सशक्त गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ।

वैशाख २४ गतेदेखि शिल्पी थिएटरमा नाटक ‘बाजी’

काठमाडौँ । काठमाडौँको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा यही वैशाख २४ गतेदेखि ३० गतेसम्म नाटक ‘बाजी’ मञ्चन हुने भएको छ ।

अभिनेता सिपी लोहनीको निधन

काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली

यस्तो छ ‘खजुरे ब्रो’को ट्रेलर

काठमाडौँ । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म हो ‘खजुरे ब्रो’ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच फिल्मको ट्रेलर

Techie IT