गृहपृष्ठ ∕ राजनीति ∕ प्रतिनिधिसभाको मंगलबारको बैठक पनि एमालेले अवरुद्ध गर्नेप्रतिनिधिसभाको मंगलबारको बैठक पनि एमालेले अवरुद्ध गर्ने नेपालीपत्र मंगलबार, २०८० साउन १६ गते, १४:३२ मा प्रकाशित राजनीति काठमाडौँ। प्रतिनिधिसभाको मंगलबारको बैठक पनि प्रमुख प्रतिपक्षी दल एमालेले अवरुद्ध गर्ने भएको छ। करिब क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सत्तापक्षले नमानेपछि एमालेले बैठक अवरुद्ध गर्ने भएको हो।प्रतिनिधिसभाको बैठक अघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले यो प्रकरणमा मन्त्री र प्रधानमन्त्रीकै संलग्नता भएको हुनसक्ने आशंका रहेको भन्दै उच्चस्तरीय छानबिन समिति नबन्दासम्म प्रतिनिधि सभाको बैठक चल्न नदिने अडान राखेको छ।सत्तापक्षका नेताहरुले भने सुन तस्करीबारे नियमित प्रक्रियाबाट नै छानबिन अघि बढीरहेकाले तत्काल उच्चस्तरीय समिति बनाउन आवश्यक नरहेको धारणा राखेका थिए।दुवै पक्ष आ–आफ्नो अडानबाट पछि नहटेपछि मंगलबारको बैठक पनि नियमित सञ्चालनमा बाधा पर्ने भएको छ। सोमबारको बैठक सूचना टाँसेर स्थगित भएको थियो।यसअघि गत साउन १० गते बसेको बैठकमा एमालेले छानबिन समिति गठनको माग गर्दै प्रतिनिधिसभा अवरोध गरेको थियो। #प्रतिनिधिसभाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुदधेरै पढिएका खबर १ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त २ ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित ३ ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पण ४ दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प ५ जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली ६ देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार ७ भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदैThe Film Nepal