Techie IT
२०८१ वैशाख १६, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालकस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?


काठमाडौँ । नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।उक्त रेखाको पूर्वी

भाग केही दिनमा सरदर स्थान भन्दा उत्तर तर्फ सर्ने क्रममा रहेको छ ।

हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको एकदुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागको केही स्थानहरूमा र बाँकी भूभागको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघ गर्जनचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई भूभाग र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भूभाग र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाली नागरिकका लागि चीनले भिसा शुल्क नलिने

काठमाडौँ । चीनले नेपाली नागरिकबाट भिसा शुल्क नलिने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार मे १ बाट चीनले नेपाली

शंखमूलस्थित एक ग्यारेजमा आगलागी

काठमाडौँ । काठमाडौँको शंखमूलस्थित एक ग्यारेजमा आइतबार आगलागी भएको छ । ग्यारेजबाट सुरु भएको आगलागी सँगै जोडिएका अरू टहरामा समेत

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा दिन

जापानी परराष्ट्रमन्त्री वैशाख २३ गते नेपाल आउने

काठमाडौं । जापानी परराष्ट्रमन्त्री खामिखावा योको वैशाख २३ गते अर्थात् अर्को आइतवार नेपाल भ्रमणमा आउने भएको छ । जापानको विदेश

इलाम र बझाङमा मतगणना हुँदै

काठमाडौँ । इलाम क्षेत्र नम्बर–२ मा आज बिहान ७ बजेदेखि मतगणना गर्ने निर्णय गरिएको छ । शनिबार राति बसेको सर्वपक्षीय

आजबाट सुरु हुने लगानी सम्मेलनमा १ हजार ६ सय जनाको…

काठमाडौँ । आजबाट शुरु हुन लागेको दुई दिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार छ सय

Techie IT