Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियनाइजरमा ‘कू’ गर्ने जनरलले छिमेकी राष्ट्र र अन्तर्राष्ट्रिय समुदायलाई दिए धम्की, २.५ करोड जनता अन्धकारमा बस्न बाध्य

नाइजरमा ‘कू’ गर्ने जनरलले छिमेकी राष्ट्र र अन्तर्राष्ट्रिय समुदायलाई दिए धम्की, २.५ करोड जनता अन्धकारमा बस्न बाध्य


एजेन्सी । पश्चिम अफ्रिकी देश नाइजरमा भएको कू को धेरै देश र अन्तर्राष्ट्रिय संस्थाहरूले निन्दा र विरोध गरेका छन्। नाइजरका नयाँ सैन्य शासकले यसबारे आफ्नो प्रतिक्रिया दिएका छन्। टेलिभिजनमार्फत राष्ट्रिय स्तरमा दिएको आफ्नो भाषणमा सेनाले छिमेकी राष्ट्र र अन्तर्राष्ट्रिय समुदायलाई धम्की दिएको छ । यससँगै उनले आफ्नो देशका जनतालाई आफ्नो हकअधिकारका लागि हरेक परिस्थितिमा लड्न उक्साएका छन् ।

तर, यो धम्कीपछि नाइजर समस्यामा परेको छ । नाइजरको ९० प्रतिशत बिजुली आपूर्ति छिमेकी नाइजेरियाबाट आउँछ, जुन अब इकोवासद्वारा घोषणा गरिएको प्रतिबन्धहरू अन्तर्गत अवरुद्ध छ। यो आपूर्ति बन्द हुँदा नाइजरका २.५ करोडभन्दा बढी जनसंख्या अन्धकारमा बस्ने खतरामा परेका छन् ।

पश्चिम अफ्रिकी राज्यहरूको आर्थिक समुदाय अर्थात् इकोनासले आफ्नो बैठकमा नाइजरमा भएको विद्रोहपछि धेरै प्रतिबन्धहरू लगाएको हो। रिपोर्टहरूका अनुसार मंगलबार नाइजेरियाबाट नाइजरमा बिजुली प्रसारण काटिएको छ। अर्कोतर्फ, नाइजरका वर्तमान सत्तारूढ सैन्य अधिकारीहरूले आफ्नो टेलिभिजन भाषणमा नाइजरका जनतालाई देशको रक्षा गर्न आह्वान गरेका छन्।

नाइजरमा भएको विद्रोहको पश्चिमी देशहरूले कडा विरोध गरेका छन्। लगभग १५०० फ्रान्सेली सैनिकहरूले नाइजरसँग संयुक्त अभियान सञ्चालन गर्दै आएका थिए। यसबाहेक अमेरिका र अन्य युरोपेली देशहरूले नाइजरका सैनिकहरूलाई तालिम दिन सहयोग गरेका थिए। तर, इकोवासले लगाएको प्रतिबन्धपछि देशले धेरै समस्या भोगिरहेको छ । नाइजरको सेनाले यसलाई अवैध, अनुचित, अमानवीय भनेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

Techie IT