Techie IT
२०८२ वैशाख २६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालउत्तराखण्ड पहिरो अपडेट: मृतक तीन जना नेपालीको पहिचान खुल्यो

उत्तराखण्ड पहिरो अपडेट: मृतक तीन जना नेपालीको पहिचान खुल्यो


काठमाडौँ । गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये मृत फेला परेका तीन नेपालीको पहिचान खुलेको छ। कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो।

भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार कालिकोट घर भई गौरीकुण्ड क्षेत्रमा काम गर्ने तीन जनाको आफन्तमार्फत पहिचान खुलेको हो।

‘घटनास्थलमै रहेका आफन्तबाट तीन शवको पहिचान खुलेको हो’, नयाँ दिल्लीबाट रासससित कुरा गर्दै उनले भने।

घटनास्थल वरपर सयौं नेपाली नागरिक घोडा चालकका रूपमा, स–साना होटल सञ्चालन तथा अन्य मजदुरी गरेर बस्दै आएका वरिष्ठ प्रहरी उपरीक्षक चर्तुवेदीले बताए। बेपत्ताको खोजीका लागि भारतीय पक्षसित समन्वय भइरहेको उनले बताए।

बिहीबार रातिदेखि परेको वर्षाका कारण रूद्रप्रयागको गौरीकुण्डमा पहिरो जाँदा १३ नेपालीसहित १९ जना बेपत्ता भएका थिए।

उक्त क्षेत्रमा लामो समयदेखि नेपाली नागरिक परिवारका अन्य सदस्यसहित काम गर्दै आएका छन्। सो स्थानमा नेपाली नागरिकले सञ्चालन गरेका तीन होटल पहिरोले बगाएको बताइएको छ। बेपत्ताको खोजीका लागि नयाँ दिल्लीस्थित दूतावासमार्फत पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विपिन जोशी जिवित रहेकोमा इजरायलको आशंका

एजेन्सी । इजरायल–हमास युद्धमा झण्डै दुई वर्षदेखि बेपत्ता भएका नेपालका विपिन जोशी जीवितै रहेकोमा इजरायली अधिकारीहरूले नै आशंका व्यक्त गरेका

रेबिज लागेर १ जनाको मृत्यु

चितवन । रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । निजको भरतपुर अस्पतालमा उपचारका क्रममा

नेपालीको औषत आयु ६० वर्ष

काठमाडौँ । नेपालीको औषत आयु ६० वर्षसम्म रहेको राष्ट्रिय तथ्यांक कार्यालयको अध्ययनले देखाएको छ । २०७८ सालको राष्ट्रिय जनगणना अनुसार

भक्तपुरले जित्यो फुल कन्ट्याक्ट किक बक्सिङको उपाधि

भक्तपुर । भक्तपुरमा पहिलो पटक आयोजना गरिएको फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता मा आयोजक टिम भक्तपुर नै समग्र विजेता बन्न

सुरक्षण मुद्रण उपकरण खरिदमा विकल पौडेल भ्रष्टाचारी ठहर

काठमाडाैँ । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको कसूरमा दोषी ठहर

मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी

काठमाडौँ । सरकारले मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारीसँगै विपदपछिको पुनर्निर्माणका लागि सक्रियता बढाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

Techie IT