Techie IT
२०८३ असार ३, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनतीज गीत ‘पापाकी परी’ सार्वजनिक

तीज गीत ‘पापाकी परी’ सार्वजनिक


काठमाडौँ। लोक तथा दोहोरी गायिका एवं व्यवसायी उमा श्रेष्ठ ले यस वर्ष पनि अशंख्य श्रोता दर्शक लक्षित गर्दै नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०८० को शुभकामना सहित आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा तीज गीत ‘पापाकी परी’ सार्वजनिक गरेकी छिन्। उनले यस भन्दा पहिले पनि थुप्रै गीत संगीतहरु सार्वजनिक गरिसकेकी छिन्।

गायिका उमाले आफ्नो सांगीतिक यात्राको क्रममा विभिन्न अवार्ड तथा सम्मान समेत हात परिसकेकी छिन्। स्थायी घर सिन्धुपाल्चोक भएकी उनि व्यवसायीकताको नाममा मौलिकता भुल्न नहुने कुरा बताउँछिन्। गीतको नाम अनुसार भित्रि भाव नभएको र यस गीतले पनि अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्ने कुरामा उमा ढुक्क छिन्।

लोक तथा दोहोरी गायिका एवं ब्यवसाही उमा श्रेष्ठको पछिल्लो समय बजारमा आएको तीज गीतमा उमा श्रेष्ठको नै एकल स्वर रहेको छ। साथै सामुहिक स्वर अमृत खाती र नरेन्द्र वियोगीको पनि सुन्न सकिन्छ। प्रस्तुत गीतलाई लय तथा शब्द सिर्जना श्रीकृष्ण बम मल्लले भरेका छन्। गीत अनुसार म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ। भिडियोलाई रुबिना अधिकारी, जोहन बम, बिनोद सेवान र अनिल परियारको अभिनयले सजाइएको छ।

बिक्रम चौहान द्वारा निर्देशित भिडियोलाई छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन लक्ष्मण चुहंले गरेका छन्। गायिका उमाले पहिलेका गीत संगीत जसरी नै यस गीतलाई पनि सम्पूर्णले मन परईदिनुहुने कुरामा बिश्वास ब्यक्त गर्दछिन् । गीतलाई उमा श्रेष्ठ युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…

काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

Techie IT