Techie IT
२०८१ वैशाख १८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसंसद अवरुद्ध हुनैपर्छः केपी ओली

संसद अवरुद्ध हुनैपर्छः केपी ओली


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् अवरुद्ध हुनैपर्ने बताएका छन्। शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित स्थानीय तहका जनप्रनिधिसँगै बोल्दै उनले संसद अवरुद्ध हुनैपर्ने बताएका हुन्।

आफूले जिन्दगीभरी भ्रष्टाचार विरोधी आन्दोलन चलाएको बताउँदै आफूमाथि लागेको आरोप पुष्टि गर्न चेतावनी दिए। उनले देशप्रतिको वितृष्णा जगाउन देशद्रोही काम भएको आरोप लगाए।

जेठ १० गतेको संसद्मा नेकपा माओवादीका सांसद् लेखनाथ दाहालले पशुपतिको जलहरी सुनको हुनुपर्नेमा पित्तल लगाएर भ्रष्टचार गरेको आरोप लगाएका थिए। सोहीबारे आपत्ति जनाउँदै एमालेले शुक्रबारको संसद बैठक अवरोध गरेको थियो।

‘अस्तिको दिनमात्रै माओवादीका एक सांसदले रोष्टममा उभिएर बोल्दा कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो। कहाँ गयो त्यो? पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गर्यो भनेर एकजना सांसदले बोले,’ सदन चल्न नसकेपछि पार्टी कार्यालयमा भएको कार्यक्रममा ओलीले भने, ‘संसद् अवरुद्ध हुनैपर्छ। यस्तो बकबास। जड्याहाले जाँड खाएको बेला पनि त्यस्तो कुरा बोल्दै हिँड्दैन। आधारहीन, असत्य र जनतालाई भ्रम पार्ने खालका कुरा,’ उनले भने।

उनले भ्रष्टाचार पुष्टी हुने सम्भावना नै नभएको दाबी गरे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

काठमाडौँ । इलाम २ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । सम्पन्न मतगणनामा नेम्वाङ २७

लगानी सम्मेलनबाट नौ अर्ब १३ करोड लगानी स्वीकृति

काठमाडौँ । लगानी सम्मेलनबाट नौ अर्ब १३ करोड लगानी स्वीकृति भएको छ । उद्योग विभागले सोमबार चार योजनामा नौ अर्ब

केन्यामा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

काठमाडौँ । केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले सोमबार एएफपीलाई

शेयर बजार खासै घटबढ भएन

काठमाडौँ । शेयर बजार आज खासै घटबढ भएको छैन । हिजो दोहोरो अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज शून्य

अभिनेता सिपी लोहनीको निधन

काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली

जीवनमा जबसम्म राम्रा कुराहरू लागू गरिँदैन तबसम्म सफलता मिल्दैन

एजेन्सी । राम्रो कुरा पढेर–सुनेर मात्रै लाभ मिल्दैन । यदि तपाईं जीवनमा सुख, शान्ति र सफलता चाहनुहुन्छ भने, जीवनमा राम्रो

Techie IT