Techie IT
२०८२ भदौ १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलमुम्बईलाई ६२ रनले हराउँदै गुजरात फाइनलमा, गिलको शतक

मुम्बईलाई ६२ रनले हराउँदै गुजरात फाइनलमा, गिलको शतक


एजेन्सी । हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात टाइटन्सले आईपीएलमा लगातार दोस्रो सिजनमा उत्कृष्ट प्रदर्शन गरेको छ । डिफेन्डिङ च्याम्पियन गुजरातले पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

हार्दिकको टोलीले गत सिजन राजस्थान रोयल्सलाई हराएर उपाधि जितेको थियो । यसपटक फाइनलमा उनको अगाडि चार पटकको विजेता चेन्नई सुपर किंग्स हुनेछ ।

हार्दिकले ट्रफी उचाल्न आफ्ना गुरु महेन्द्र सिंह धोनीलाई हराउनुपर्नेछ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा शुक्रबार राति गुजरातले मुम्बईलाई हराएको हो । यही मैदानमा उसले अब आइतबार (मे २८) मा हुने फाइनल खेलमा चेन्नईसँग प्रतिस्पर्धा गर्नेछ । गुजरातले फेरि एकपटक आफ्ना समर्थकहरूबीच खेल्ने मौका पाउनेछ । यस्तो अवस्थामा धोनीको टोलीमाथि निकै दबाब हुनेछ ।

चेन्नईले १० औं पटक फाइनल खेल्नेछ । गुजरातको टोलीले फाइनलमा चेन्नईसँग बदला लिने अवसर छ । महेन्द्र सिंह धोनीको टिमले क्वालिफायर १ मा हार्दिक पाण्ड्याको टिमलाई हराएको थियो ।

शुक्रबार वर्षाका कारण टस ४५ मिनेट ढिलो भएको थियो । रोहित शर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे । गुजरातले २० ओभरमा तीन विकेट गुमाएर २३३ रन बनाएको थियो । जवाफमा मुम्बईको टोली १८.२ ओभरमा १७१ रनमा सिमित भयो ।

गुजरातका लागि शुभमन गिलले सर्वाधिक १२९ रन बनाए । उनले आफ्नो ६० बलको इनिङ्समा सात चौका र १० छक्का प्रहार गरे । चार खेलमा गिलको यो तेस्रो शतक हो । उनले लिग राउण्डका अन्तिम दुई खेलमा सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध शतक प्रहार गरेका थिए । गिलका अलावा साई सुदर्शनले ३१ बलमा ४३ रन बनाए । उनी रिटायर्ड आउट भए ।

कप्तान हार्दिक पाण्ड्याले अन्तिम ओभरमा द्रुत रन बनाएर टोलीलाई २३० रनभन्दा माथि पुर्याए । हार्दिकले १३ बलमा अविजित २८ रन बनाए । उनले दुई चौका र दुई छक्का प्रहार गरे । ऋद्धिमान साहाले १६ बलमा १८ रन बनाए । राशिद खानले दुई बलमा पाँच रन बनाएर अविजित रहे । मुम्बई इण्डियन्सका आकाश मधवाल र पियुष चावलाले एक–एक विकेट लिए ।

मुम्बईका लागि सूर्यकुमार यादव, तिलक वर्मा र क्यामरुन ग्रीनले मात्र दोहोरो अंक पार गर्न सके । सूर्यकुमारले ३८ बलमा सर्वाधिक ६१ रन बनाए । उनले सात चौका र दुई छक्का प्रहार गरे । तिलक वर्माले १४ बलमा ४३ रन बनाए । योसँगै क्यामरुन ग्रीनले २० बलमा ३० रनको योगदान दिए । मुम्बईका आठ खेलाडीले दोहोरो अंक पार गर्न सकेनन् ।

इशान किशनको चोटका कारण नेहल वढेराले रोहित शर्मासँगै इनिङको सुरुवात गरेका थिए । वढेरा चार र रोहित शर्मा आठ रन बनाएर मोहम्मद सामीको शिकार बने । किशनको स्थानमा कनेक्शन सब्सीच्युटका रूपमा आएका विष्णु विनोद पाँच र विस्फोटक ब्याट्सम्यान टिम डेभिड दुई रन बनाएर पेभिलियन फर्किए । कुमार कार्तिकेयले ६, जेसन बेहरेनडर्फले अविजित ३ र क्रिस जोर्डनले २ रन बनाए । पियुष चावलाले खाता खोल्न सकेनन् ।

गुजरातका बलरहरुको उत्कृष्ट प्रदर्शन गरे । मोहम्मद शामीले आफ्नो पहिलो दुई ओभरमा रोहित र नेहललाई आउट गर्दै गुजरातलाई ठूलो सफलता दिलाए । उनीपछि मोहित शर्माले ५ विकेट लिएर मुम्बईको टिमलाई विफल पारे । राशिद खानले दुई र जोसुआ लिटिलले एक विकेट लिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न

ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेत

काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको

डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियो

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे

नेपाललाई हराउँदै बङ्गलादेशले जित्यो २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप

काठमाडाैँ । बङ्गलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप जितेको छ । अन्तिम खेलमा हिजो नेपाललाई ४–० गोलले हराउँदै बङ्गलादेश पाँचौं

Techie IT