Techie IT
२०८२ असोज २९, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालसार्वजनिक खरिद वित्त व्यवस्थापन सुधारको मूल एजेण्डा: सचिव रेग्मी

सार्वजनिक खरिद वित्त व्यवस्थापन सुधारको मूल एजेण्डा: सचिव रेग्मी


काठमाडौँ । सार्वजनिक खरिदलाई वित्त व्यवस्थापन सुधारको मूल एजेण्डा बनाइने भएको छ ।

खरिदको प्रभावकारिताले पुँजीगत खर्च बढ्ने मात्र नभई विकास निर्माणका काममा समेत तीव्रता आउने भएकाले सार्वजनिक खरिदलाई वित्त व्यवस्थापनको एउटा महत्वपूर्ण पाटोका रुपमा लिने गरिएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा दामोदर रेग्मीले सार्वजनिक खरिद सार्वजनिक वित्त व्यवस्थापन सुधारको मूल एजेण्डा रहेकाले सोहीअनुरुप अगाडि बढ्ने प्रयास गरिरहेको बताए । उनले भने, “सार्वजनिक खरिद प्रक्रिया आफैँमा प्राविधिक जटिल प्रकृतिको विधा भएको र यसमा बहुसरोकारवालाको सहभागिता हुने भएकाले यसमा निरन्तर परामर्श र सहकार्यको आवश्यकता छ ।”

सार्वजनिक खरिदसम्बन्धी कानुनलाई सामयिक र व्यवहारिक बनाउने तथा खरिद कानुनको कार्यान्वयनलाई प्रभावकारी बनाउन सबै सार्वजनिक निकायले बुझ्ने र सहजरुपमा प्रयोग गर्नसक्ने गरी सरल निर्देशिका तयार गर्नपर्ने हुन्छ । स्थानीय तहको खरिद क्षमता अभिवृद्धि गर्न सरल निर्देशिकालगायत विषय आवश्यक पर्ने सचिव रेग्मी बताउँछन् ।

सार्वजनिक खरिदसम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयलाई अझ बढी खुला, पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय बनाउन खरिद प्रक्रियामा प्रतिस्पर्धा, स्वच्छता, इमान्दारीता, जवाफदेहीता र विश्वसनीयता प्रवद्र्धन गर्न आवश्यक देखिएको छ । सार्वजनिक खर्चको अधिकतम प्रतिफल हासिल गर्न सार्वजनिक निकायबाट निर्माण कार्य गराउँदा तथा मालसामान, परामर्श सेवा एवं अन्य सेवा खरिदमा उत्पादक, विक्रेता, आपूर्तिकर्ता, निर्माण व्यवसायी वा सेवा प्रदायकलाई बिना भेदभाव सहभागी हुने अवसर प्रदान गर्ने विषयलाई कार्यलयले जोड दिँदै आएको छ ।

सचिव रेग्मीले रासससँग कुराकानी गर्दै सुशासनको प्रत्याभूति गर्न र सहज व्यावसायिक वातावरणको निर्माणमा खरिद क्षेत्रको सकारात्मक योगदान वृद्धि गर्न सहज प्रक्रियात्मक व्यवस्था गरिने स्पष्ट गरे । सबै सार्वजनिक निकायको खरिद एकाइलाई सक्षम बनाउनेतर्फ कार्यालयले यस आर्थिक वर्षमा सघनरुपमा तालिम सञ्चालन गर्ने र प्रदेश र स्थानीय तहमा खरिद कार्यको क्षमता अभिवृद्धि गर्न विद्युतीय खरिदका तालिम सञ्चालन गर्ने भएको छ ।

प्रोक्युरमेन्ट क्लिनिकको अवधारणाको प्रयोग गर्दै कार्यालयले सबै स्थानीय तह र सकभर वडा तहसम्म यस्ता तालिम र अन्तक्र्रियात्मक कार्यक्रममा तीव्रता दिने जनाएको छ । प्राविधिक मन्त्रालयबाट सञ्चालन हुने मेगा प्रोजेक्टको खरिद प्रक्रियालाइ सहज बनाउन तदनुरुपको स्ट्यान्डर्ड बिडिंग डकुमेन्टको निर्माण तथा राशन र औषधि खरिदको लागि स्ट्यान्डर्ड बिडिंग डकुमेन्टको निर्माण, सट्टापट्टामा आधारित खरिद अर्थात बाइ ब्याक मेथडको कार्यविधि निर्माणजस्ता विषय कार्यालयले प्राथमिकतामा राखेको छ ।

कार्यालयले खरिद सुशासन वृद्धि गर्न खरिद एकाइ र आपूर्तिकर्ताको आचारसंहिता बनाउने तथा आवमा खरिदमा रहने कर्मचारीको योग्यता तयार गरी कार्यान्वयनमा ल्याइने जनाएको छ । सार्वजनिक खरिद ऐन, २०६३ अनुसार संवैधानिक निकाय, अदालत, मन्त्रालय, सचिवालय, आयोग, विभाग र सो मातहत सबै निकायले सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार निर्धारित प्रक्रियाका आधारमा प्रतिस्पर्धा र मितव्ययीताको आधारमा खरिद कार्यलाई अनिवार्य गरिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले त्यस्ता सबै निकायको खरिद प्रतिस्पर्धी क्षमताको सघन अनुगमनसमेत गर्ने योजना बनाएको छ । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT