Techie IT
२०८२ मंसीर २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालडेङ्गु रोग सङ्क्रमणको निःशुल्क परीक्षण सुरु

डेङ्गु रोग सङ्क्रमणको निःशुल्क परीक्षण सुरु


विराटनगर । विराटनगर महानगरपालिकाले डेङ्गु रोग सङ्क्रमणको निःशुल्क परीक्षण सुरु गरेको छ । महानगरपालिकाभित्र डेङ्गु रोग पहिचानका लागि रानी अस्पताल र बैजनाथपुर अस्पतालमा परीक्षण सेवा सञ्चालनमा ल्याइएको हो ।

महानगरपालिका स्वास्थ्य शाखा प्रमुख हैदर अलीका अनुसार सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सम्बन्धमा चिकित्सकको सिफारिसका आधारमा महानगरपालिकाले दुई स्थानमा किटबाट परीक्षण सेवा सुरु गरेको हो ।

विराटनगर महानगरपालिकाबाहेक डेङ्गुको किटबाट परीक्षण गर्दा निजी अस्पतालका लागि शुल्क निर्धारण गरिएको छ । जथाभाबी शुल्क लिने गरेको व्यापक गुनासो महानगरले सरोकारवालाको बैठक राखेर किटबाट परीक्षण गरिएको शुल्क छ सय रुपियाँ तोकेको जानकारी उनले दिए ।

महानगरपालिका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा सरोकारवालासँग भएको छलफलपछि डेङ्गुको किटबाट परीक्षण गर्दा तत्कालका लागि छ सय रुपियाँभन्दा बढी लिन नपाउने गरी शुल्क निर्धारण गरिएको उनले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

Techie IT