किम जोङले उच्च सैन्य जनरललाई बर्खास्त गर्दै भने, ‘युद्धको तयारी गर’
एजेन्सी । उत्तर कोरियाली शासक किम जोङ फेरि एकपटक चर्चामा छन् । यसपटक उनी मिसाइल परीक्षणका कारण नभई आफ्नो सेनाका शीर्ष सैन्य जनरल परिवर्तनको खबरले चर्चामा छन् ।
उनले आफ्नो शीर्ष सेनापतिलाई बर्खास्त गरेका छन्। योसँगै युद्धको तयारी गर्न पनि भनिएको छ । किमले हतियार उत्पादन बढाउन र सैन्य अभ्यास बढाउन आदेश दिएका छन्।
उत्तर कोरियाको आधिकारिक च्यानल केआरटीका अनुसार किमले बुधबार केन्द्रीय सैन्य आयोगको बैठकको अध्यक्षता गरेका थिए। यस अवधिमा उत्तर कोरियाका शत्रुहरूलाई रोक्नका लागि प्रतिकार्य योजनाहरूबारे छलफल भएको थियो। तर, कुनै शत्रु राष्ट्रको नाम भने दिइएको छैन ।
सरकारी सञ्चारमाध्यमका अनुसार सेनाका शीर्ष जनरल चीफ अफ द जनरल स्टाफ पाक सु इलको स्थानमा जनरल रि योङ गिललाई नयाँ जनरलको रूपमा नियुक्त गरिएको छ। पाक सुइल हटाउनुको कुनै खास कारण भने दिइएको छैन। तर, री योङ गिलले रक्षामन्त्रीको पदमा कायम रहने वा नरहने भन्ने अझै स्पष्ट भइसकेको छैन ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।
एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल
एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित
एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा
एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा
काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने