Techie IT
२०८२ वैशाख २८, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनदिलीप योञ्जन तामाङ्गको गीति एल्बम ‘आमा मेरी आमा’ विमोचन

दिलीप योञ्जन तामाङ्गको गीति एल्बम ‘आमा मेरी आमा’ विमोचन


काठमाडौँ। साहित्यकार दिलीप योञ्जन तामाङ्गद्धारा रचित एल्बम ‘आमा मेरी आमा‘ विमोचन गरिएको छ। बुधवार एक कार्यक्रममा बरिष्ठ गीतकार कृष्णहरी बराल, साहित्यकार डा. रेनुका सोलु , शुभ मुकारुङ्ग, विश्व बल्भव, गीतकार तथा गजलकार शितल कादम्बीनी, संगीतकार राजेश थापा लगायत उपस्थित सबै जनाले एक साथ सिडी देखाएर विमोचन गरेका हुन्।

लोकार्पण कार्यक्रमको स्वागत मन्तव्य गीतकार सितल कादम्बेनीले राखेकी थिइन्। गीतकार दिलिप योञ्जनले आफ्नी स्वर्गिय माता पासाङ्ग डोल्मी तामाङ्ग प्रति समर्पित भएर रचना गरिएको एल्बममा ७ वटा गीतहरु रहेका छन्। मातृस्नेह, जिवन भोगाई, अध्यात्म दर्शन र जागरण भावलाई गीतमा समेटिएको छ।

साहित्यकार डा. रेनुका सोलुले विमोचित एल्बमको समिक्षा गरेकी थिइन्। सोलुले साहित्यकार दिलीप योञ्जनले नेपाली साहित्य तथा गीत लेखनको क्षेत्र साथै समाज सेवाको क्षेत्रमा पुर्याएको योगदान अमुल्य रहेको बताइन्। आमालाई श्रद्धाञ्जली स्वरुप समर्पण गरिएको गीतमा मातृभुमी र आमाको कर्मबाट आफु सफल भएको कुरा लाई गीतमा समेटिएको बताइन्।

बरिष्ठ गीतकार कृष्णहरी बरालले गीतकार योञ्जनले नेपाली गीत संगीत र साहित्यका विविध विधामा पुर्याएको योगदानलाई आम नागरिकले भुल्न नहुने बताए। योञ्जनका हाल सम्म ६ बटा गिती संग्रह बजारमा आएका छन्। आगमन, अविरल, अमर, मान्छेको भिडमा, आस्था खोजीरहेको छु, अनुराग जस्ता एल्बमले नेपाली संगीतप्रेमी एवम साहित्य अनुरागी मनहरुलाई आनन्दीत बनाएको उनले बताए। एल्बममा राजेश थापा र डिवी लामाको संगीत रहेको छ। साथै सुरेश लामा, प्रविण बेडवाल, श्रेयसी चेम्जोङ्ग, शुभ तामाङ्ग, सुनिता लो, सुमिना लो र अन्जु लामाको स्वर रहेको छ।

कार्यक्रममा बोल्दै संगीतकार राजेश थापाले दिलीप योञ्जन आफैमा सशक्त गीतकार रहेको दावी गरे। मौलिक सिंर्जना र नेपाली माटो प्रतिको प्रगाढ स्नेह उनको गीतमा भेटन सकिने दावी गरे। एल्बमका गीतहरु सङ्गीत तथा रेकर्डिङ दौरानको प्रसङ्गबारे बोल्दै संगीतकार थापाले दिलिप योन्जनको शालिनता, परोपकारी भावना र सधै सही र सत्यको मार्गमा अडिग रहने स्वभावबाट आफू अत्यन्तै प्रभावित त नतमस्तक रहेको र यस अघि पनि गीतकार योन्जनको एकल रचना र आफ्नो एकल संगीतमा दुई वटा गिती एल्बम प्रकाशनमा ल्याएको बताए।

कार्यक्रमका विषयमा गीतकार संघका अध्यक्ष बसन्त वित्यासी थापाले गीतकार दिलिप योञ्जनद्धारा रचित गीतिसंग्रह विमोचन गर्न पाउँदा आफूहरुलाई निकै खुसी लागेको बताए। कार्यक्रममा साहित्यकार, गीतकारहरु, गायक गायिकाहरुको बाक्लो उपस्थिीती रहेको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘जार’ र ‘ऊनको स्वीटर’ देशभर प्रदर्शनमा

काठमाडाैँ । आजदेखि दुई बहुप्रतीक्षित नेपाली चलचित्रहरू ‘जार’ र ‘ऊनको स्वीटर’ देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएका छन् । यी चलचित्रहरूले

भनेजस्तो काम गर्न झुमाले कुनुपर्यो २५ वर्ष

काठमाडौँ । गायिका तथा संगीतकार झुमा लिम्बूले चलचित्र ‘जार’मा आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन् । साढे दुई

रारा ताल पुगेर अभिनेता प्रदिपले भने, ‘कर्णालीवासीले क्षतिपुर्ति माग्नुपर्छ’

मुगु । दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अन्तर्गतको ‘रारा चलचित्र, पर्यटन तथा जलवायु समिट’ ऐतिहासिक रारा तालको मुहानमै भव्य रूपमा

‘माया प्रीति’मा आशीर्वाद क्षेत्रीको अभिनय रहने

काठमाडौँ । निर्माणको चरणमा रहेको नेपाली चलचित्र ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्रीको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ ।

चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्न

काठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

Techie IT