Techie IT
२०८२ असार १, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसांसद शर्मा पार्टी अनुशासनभन्दा बाहिर गएको कांग्रेस प्रवक्ताको आरोप

सांसद शर्मा पार्टी अनुशासनभन्दा बाहिर गएको कांग्रेस प्रवक्ताको आरोप


काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसद सुनिल शर्मा पार्टी अनुशासनभन्दा बाहिर गएको आरोप लगाएका छन्। पार्टी सदस्य भएपछि सबै अनुशासनमा बस्नुपर्ने उनको भनाइ छ।

कांग्रेस संसदीय दलको बैठकपछि पार्टीको सांसद सुनिल शर्माप्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन्। संसदीय दलमा अनुशासन र मर्यादाबारे प्रश्न उठेको उनले बताए।

शर्माले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नहटाए देश तस्करहरूको अखडा बन्ने र उनीहरूको विरोध गर्नेलाई जेल हाल्ने दाबीसमेत गरेका थिए।

‘संसदीय दलमा अनुशासन र मर्यादाको कुराबारे पनि प्रश्न उठेका छन्। के बोल्नु हुन्छ के हुँदैन भन्ने कुरा उठेका छन्,’ बैठकपछि उनले भने, ‘संस्थाको अभ्यास गर्दै आएको भएपनि त्यो नर्म्समा बस्न सक्नुपर्छ। पार्टीका सबै सदस्यले त्यो नर्म्समा बसेर कुरा गर्नुपर्छ।’

शर्माले आइतबार बिहान मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर कांग्रेस र एमालेको सरकार निर्माणको पहल थाल्न आग्रह गरेका थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

म किन बदलिने ?

म, म हुँ सधैं म, मै न रहन्छु म आफुलाई किन बदल्ने मेरो सोच मेरो हो म जान्छु त्यो ज्यूँदो

Techie IT