Techie IT
२०८१ वैशाख १६, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीति‘पार्लियामेन्ट हाइज्याक भयो’

‘पार्लियामेन्ट हाइज्याक भयो’


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछानेले संसद हाइज्याक भएको प्रतिक्रिया दिएका छन्। सभापति लामिछानेले संसद्मा सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनील शर्मा र नेकपा एमालेका सांसद मानवीर राईलाई मात्र बोल्न दिएर सभामुख देवराज घिमिरेले शून्य समयको कारवाही प्रारम्भ भएको सुनाएपछि लामिछानेले विरोध जनाएका हुन्।

सभामुखले बोल्नको लागि समय नदिएपछि अक्रोशित देखिएका लामिछानेले टेबल ठोक्दै भने, ‘सभामुख महोदय संसद् हाइज्याक गर्न पाइन्छ? संसद् कुनै दल विशेषको मात्र हो?’

त्यस्तै सोमबारको संसद बैठक पनि अवरोध भएपछि उनले सामाजिक संजालमार्फत संसद अपहरणमा परेको प्रतिक्रिया दिएका हुन्।

क्विन्टल सुजन प्रकरणमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले छानबिन आयोग गठनको माग गर्दै संसद अवरोध गर्दै आइरहेको बेला रास्वपा संसदीय दलका नेता समेत रहेका लामिछानेले उक्त प्रतिक्रिया दिएका हुन्।

सुन तस्करी प्रकरणबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको भए पनि एमालेले भने उच्चस्तरिय छानबिन आयोग गठन गर्नुपर्ने माग गर्दै सदन अवरोध गर्दै आएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘फर्की फर्की’को गीतमा अनमोल र जसिताको रोमान्स

काठमाडौँ । अनमोल केसी स्टारर चलचित्र ‘फर्की फर्की’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा रोमन बज्राचार्य र निकिथा थापाको

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ले नेपाललाई १० रनले पराजित गरेको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालविरुद्ध ब्याटिङ

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रुपमा सम्मानित

बझाङमा एमालेका भण्डारीको सुरुवाती अग्रता

काठमाडौँ । बझाङ प्रदेश सभा (१) मा भएको उपनिर्वाचनको चुनावमा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । छबिसपाथिभेरा–२ को मत

नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस: अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकभित्र राजश्व वृद्धि, रोजगारी सृजना र उत्पादन बढाउँदै मुलुकलाई आर्थिक विकास

नेपाली नागरिकका लागि चीनले भिसा शुल्क नलिने

काठमाडौँ । चीनले नेपाली नागरिकबाट भिसा शुल्क नलिने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार मे १ बाट चीनले नेपाली

Techie IT