Techie IT
२०८१ वैशाख १६, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालघरेलु हतियारको प्रयोग गरी विगत १० महिनामा १२ जनाको हत्या

घरेलु हतियारको प्रयोग गरी विगत १० महिनामा १२ जनाको हत्या


झापा । यहाँ घरेलु हतियारको प्रयोग गरी विगत १० महिनामा १२ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०७९ साउनदेखि २०८० वैशाखसम्ममा अधिकांशको आफन्तबाट हत्या भएको सो तथ्याङ्कले देखाएको हो । हत्या गरिएका १२ मध्ये सबैभन्दा बढी अर्थात् पाँचजना आफ्नै श्रीमान्बाट मारिएका छन् । सामान्य घरायसी विवादमा श्रीमान्ले श्रीमतीको हत्या गरेको अनुसन्धानका क्रममा देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताए।

उनले हत्याका क्रममा अभियुक्तले चिर्पट, खुकुरी, हसिया, बामफोक लगायतका घरेलु हतियार प्रयोग गरेको पाइएको बताए । उनले भने, “आफ्नैबाट बढीको हत्या भएको देखिन्छ, हत्यामा संलग्न सबैलाई तत्काल पक्राउ गरिएको छ, उनीहरु कानुन अनुसारको सजाय भोगिरहेका छन् ।”

उनले जिल्लाका विभिन्न पालिकामा शिशुदेखि वृद्धवृद्धासम्मको हत्या, श्रीमान्, छोरा, आफन्त, छिमेकी र बुहारी लगायतबाट भएको बताए। उनले घरेलु हिंसा, आर्थिक समस्या, मानसिक समस्या, शङ्का, विवाहोत्तर सम्बन्ध, वैदेशिक रोजगारी, जाँड÷रक्सी र लागुऔषधका कारण हत्याका घटना परिवारमा धेरै हुने गरेको अनुसन्धानका क्रममा देखिएको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राष्ट्रिय सभा सदस्य शाक्यद्वारा शपथ ग्रहण

काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले शपथग्रहण गरेकी छिन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट आइतवार सिंहदरबारमा एक

नेपाली नागरिकका लागि चीनले भिसा शुल्क नलिने

काठमाडौँ । चीनले नेपाली नागरिकबाट भिसा शुल्क नलिने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार मे १ बाट चीनले नेपाली

शंखमूलस्थित एक ग्यारेजमा आगलागी

काठमाडौँ । काठमाडौँको शंखमूलस्थित एक ग्यारेजमा आइतबार आगलागी भएको छ । ग्यारेजबाट सुरु भएको आगलागी सँगै जोडिएका अरू टहरामा समेत

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा दिन

जापानी परराष्ट्रमन्त्री वैशाख २३ गते नेपाल आउने

काठमाडौं । जापानी परराष्ट्रमन्त्री खामिखावा योको वैशाख २३ गते अर्थात् अर्को आइतवार नेपाल भ्रमणमा आउने भएको छ । जापानको विदेश

इलाम र बझाङमा मतगणना हुँदै

काठमाडौँ । इलाम क्षेत्र नम्बर–२ मा आज बिहान ७ बजेदेखि मतगणना गर्ने निर्णय गरिएको छ । शनिबार राति बसेको सर्वपक्षीय

Techie IT