Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थएनसेलको ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता घोषणा

एनसेलको ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता घोषणा


काठमाडौँ। एनसेल आजियाटा लिमिटेडले इङ्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा आधारित रहेर एनसेल एपमा ‘एनसेल ईपीएललिग’ प्रतियोगिता घोषणा गरेको छ।

प्रतियोगिता अन्तर्गत सहभागी ग्राहकहरुले साप्ताहिक रुपमा र ईपीएल सिजनको अन्त्यमा तीन जनाले ग्रान्ड प्राइज अर्थात मुख्य पुरस्कार जित्ने मौका पाउँछन्।

एनसेल एप प्रयोगकर्ताहरुले ईपीएलका खेलहरूको आधारमा साप्ताहिक रूपमा फुटबलको नतिजाको पूर्वानुमान गर्न सक्ने कम्पनीले जनाएको छ। प्रतियोगितामा भाग लिन प्रयोगकर्ताहरूले एपमा लग इन गरि एपको माथिल्लो दायाँ कुनामा रहेको ह्याम बर्गर आइकनमा गएर प्रेडिक्ट एन्ड विन भित्र गई आवश्यक विवरणहरु भरेर खेलको पूर्वानुमान गरेर अंकमा नतिजाहरु साप्ताहिक रुपमा भर्न सक्छन्। ग्राहकहरुलाई साप्ताहिक रुपमा बोनस प्रश्न पनि सोधिने छ जबबाट १० अंक संकलन गर्न सकिन्छ र सही उत्तरमा केही पुरस्कार पनि प्राप्त गर्न सकिन्छ।

मुख्य पुरस्कारका रुपमा पहिलो पुरस्कार विजेताले वायर फ्री सेवाको निःशुल्क डिभाइसका साथ १२ महिनासम्म प्रत्येक महिना २५० जीबी डेटा सेवा पाउनेछ। दोस्रो पुरस्कार विजयी ग्राहकले ६ महिनासम्म निःशुल्क वायर फ्री डिभाइसका साथ प्रत्येक महिना २५० जीबी डेटा सेवाको फाइदा लिन सक्नेछ। त्यसै गरि तेस्रो विजेताले वायर फ्री सेवाको निःशुल्क डिभाइस र प्रतिमहिना २५० जीबी डेटा तीन महिनासम्म पाउनेछ।

विजेताहरूलाई उनीहरूको मनपर्ने टोलीको होम जर्सी र क्लबका सामानहरू पनि प्रदान गरिने कम्पनीले जनाएको छ। यो प्रतियोगिता ईपीएल सिजनको अन्त्य नभएसम्म अर्थात् १९ मे २०२४ (जेठ ६, २०८१) सम्म चल्नेछ।

धेरै अंकल्याउन सफल प्रतियोगिहरुलाई विजेता घोषित गरि साप्ताहिक पुरस्कार र मुख्य पुरस्कारहरू प्रदान एनसेलले जनाएको छ। साप्ताहिक पुरस्कारमा पाँच भाग्यशाली साप्ताहिक विजेताहरूलाई सबैभन्दा बढि प्राप्त गरेको अंकको आधारमा ९९८ पर्ने कम्बो प्याक प्रदान गरिने छ। यो प्याकमा ननस्टप अल नेट भ्वाइस सेवाका साथ प्रत्येक दिन २ जीबी डेटा र ४०० अल नेट एसएमएस पाउनेछन् जुन २८ दिनको लागि मान्य रहन्छ।

विजेताहरू घोषणाको जानकारी एसएमएस र एनसेल एपमार्फत मार्फत प्रदान गरिनेछ। पूर्वानुमान गरेको स्कोर, नतिजा वा अंक प्रतियोगीमाझ जुध्न गएमा विजेता गोलाप्रथाको आधारमा छनोट गरिनेछ। प्रतियोगितामा सहभागीहरुले विजयी टोली मिलाउन सफल भएमा ३ अंक र सहीगोल अर्थात स्कोर मिलाउन सकेमा ५ अंक प्राप्त गर्दछन्।

यस पे्रडिक्ट एन्ड विन प्रतियोगितामा एनसेलका १८ वर्षभन्दा माथिका ग्राहकहरू मात्र भाग लिन योग्य छन् । ईपीएल खेलहरुको पूर्वानुमाननिश्चित खेलको हप्ताको पहिलो खेलभन्दा ३० मिनेट अगाडिसम्म मात्र गर्न सकिन्छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

Techie IT