Techie IT
२०८२ भदौ १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनविक्रमजंग शाहको नयाँ गीत ‘गलफ्रेन्ड छोडे मैले’ सार्वजनिक

विक्रमजंग शाहको नयाँ गीत ‘गलफ्रेन्ड छोडे मैले’ सार्वजनिक


काठमाडौँ। लोकप्रिय गायक विक्रमजंग शाहको नयाँ गीत ‘गलफ्रेन्ड छोडे मैले’ सार्वजनिक भएको छ। गीतमा गायक विक्रम जङ्ग शाह र गायिका टीका पुनको स्वर रहेको छ।

गीतमा यज्ञ विकको लय र शब्द रहेको छ। विनोद बाजुरालीको संगीत संयोजन रहेको गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो।

उद्धार म्युजिकको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतको म्युजिक भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन्।

गीतको भिडियोमा चर्चित नायक पल शाह, विजय पुन, विष्णु पुन र यानी पुनको अभिनय रहेको छ।

गीतको भिडियोमा प्रेमी र प्रेमिका बिचको माया प्रेमका बिच शंका, उपशंका र असमझदारीका कारण साथ छोडेपछिको स्वतन्त्रता दर्साइएको छ।

टिपिकल गीत गाउन अब्बल गायक शाहका यस अगाडी माइला, खोला खोल्सी, ज्यानलाई भो खतरा, टिलपिल तारा, मनमा तिमी लगायत थुप्रै गीतहरू चर्चित छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT