Techie IT
२०८२ साउन १७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थशेयर बजार घटेर राताम्मे

शेयर बजार घटेर राताम्मे


काठमाडौँ। साताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ। शेयर बजार परिसूचक नेप्से आज आइतवार २१ दशमलव ९९ अङ्कले घटेर दुई हजार ११ दशमलव १४ विन्दुमा झरेको छ।

आज सबै समूहको शेयर घटेकोमा होटल, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ। आज कृषि विकास बैंकको डिबेन्चर सबैभन्दा धेरै १० प्रतिशत र अपर साङ्गे जलविद्युत् कम्पनीको शेयर नौ प्रतिशतले घटेको छ। समग्रमा बजार राताम्मे भएको दिन फरवार्ड लघुवित्तको शेयर साढे चार प्रतिशत र आरएसडीसी लघुवित्त तथा सानिमा लार्ज क्याप फन्डको शेयर चार प्रतिशतले बढेको छ।

आज दुई सय ६९ वटा कम्पनीका ४४ लाख ५९ हजार कित्ता शेयर किनबेच भएका छन्। ४३ हजार तीन सय पटक भएका कारोबारमा एक अर्ब ४४ करोड ७४ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ। सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्स कम्पनीको छ करोड ६३ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

धान चामल खरिदका लागि बाहिरियो ४० अर्ब

काठमाडौं । मुलुकबाट एक वर्षमा धान चामल खरिदका लागि ४० अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । स्वदेशमै उत्पादन गर्न

मेची भन्सारबाट चिया निर्यात ३२ प्रतिशतले बढ्यो

काठमाडौं । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार

डिशहोमको ‘खुशीको बोनस’ : हरेक हप्ता १४ जनालाई एक वर्ष…

काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि विशेष योजना ‘खुशीको बोनस ३६५ दिन नै सार्वजनिक गरेको छ । यो अफर

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

Techie IT