गृहपृष्ठ ∕ नेपाल ∕ भक्तपुरको बाल सुधारगृहको ढोका फोडेर १५० बढी बालबालिका फरारभक्तपुरको बाल सुधारगृहको ढोका फोडेर १५० बढी बालबालिका फरार नेपालीपत्र सोमबार, २०८० भदौ ४ गते, १६:१९ मा प्रकाशित नेपाल काठमाडौँ। भक्तपुरको बाल सुधारगृहको ढोका फोडेर १५० बढी बालबालिका फरार भएका छन्। सानोठिमीस्थित युसेफको बालसुधार गृहको ढोका फोडेर सोमबार दिउँसै अपराधमा मुछिएका कम्तीमा १५० जना बालबालिका तथा किशोरहरू फरार भएका हुन्।भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले फरार भएको बताउँदै उनीहरूको खोजीका लागि सुरक्षाकर्मीहरू परिचालन गरिएको जानकारी दिए। आइतबार त्यो बालसुधार गृहमा एक बालकको मृत्यु भएपछि आफन्तले गेटमा प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले तोडफोड पनि गरेका थिए।त्यसबेला भित्र रहेका अधिकांश बन्दीहरूले पनि प्रदर्शनकारीलाई नै साथ दिदैँ प्रदर्शनमा सामेल भएका थिए। सुधार गृहमा २५६ जना बन्दी रहेकोमा अहिले ३२ किशोरी र केही बालकहरू मात्रै बाँकी रहेको प्रजिअ रिजालले जानकारी दिए।फरार रहेकामध्ये केहीलाई भने पक्राउ गरिएको र अन्यको खोजी कार्य जारी गरेको प्रजिअ रिजालले जानकारी दिए। फरारहरूको खोजीका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। #बाल सुधारगृह #भक्तपुरग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ म्यानमारविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा २ विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन्ः मन्त्री साउद ३ उत्तरपश्चिम पाकिस्तानमा सडक दुर्घटनामा ८ जनाको मृत्यु, १२ जना घाइते ४ पूर्वप्रधानमन्त्री बोरिस जोनसनले तत्काल लागू हुनेगरी सांसद पदबाट राजीनामा दिए ५ आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै ६ ब्राजिलमा चक्रवाती आँधीकाे कहर, हालसम्म ११ जनाको मृत्यु, २० जना बेपत्ता ७ ‘जनताको भेट राज्यसँग तिरो तिर्ने बेलामा मात्रै हुन्छ’The Film Nepal