Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रादेशिक अस्पताल जनकपुरधाममा मुटु रोगको उपचार सुरु

प्रादेशिक अस्पताल जनकपुरधाममा मुटु रोगको उपचार सुरु


महेन्द्रनगर । प्रादेशिक अस्पताल जनकपुरधाममा मुटु रोगको उपचार सुरु भएको छ । यसअघि गङ्गालाल हृदय रोग केन्द्रमा मात्र उपचार हुने गरेको मुटु रोगको उपचार आजदेखि प्रादेशिक अस्पताल जनकपुरधाममा सुरु भएको निर्देशक डा रामनरेश पण्डितले बताए ।

लामो समयदेखि जनशक्तिको अभावले मुटुको परीक्षण गर्ने इन्डोस्कोपी मेसिन थन्किएकोमा शिक्षण अस्पताल महाराजगञ्जबाट चिकित्सक डा निश्चल साह आएपछि मुटुको उपचारसम्बन्धी सेवा सुरु भएको डा पण्डित बताए । ओपिडी सेवा आइतबारदेखि शुक्रबारसम्म हुने भएको पनि प्रादेशिक अस्पतालले जनाएको छ । डा पण्डितले भने, “इन्डोस्कोपी मेसिन जनशक्तिको अभावले करिब एक वर्षदेखि थन्किएर बसेको थियो ।”

अहिले जनशक्ति आएसँगै सेवा सुरु भएपछि उपचार गराउन आएका ५० वर्षीय दुखी यादवले खुसी प्रकट गरे । मुटुको सम्पूर्ण अवस्थाका विषयमा इसीजी तथा इन्डोस्कोपी गरेर जानकारी लिन सकिने डा निश्चल साहले बताए ।

मधेस प्रदेशको गौरवको योजनाअन्तर्गत रहेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालनमा रहेको प्रादेशिक अस्पताल जनकपुरधामको सेवाप्रति प्रश्न उठ्ने गरे पनि नयाँ नयाँ रोगको उपचारका लागि आएका मेसिन सञ्चालनमा ल्याइएपछि स्थानीयबासी खुसी भएका छन् ।

त्यस्तै नसासम्बन्धी समस्या पत्ता लगाउनका लागि खरिद गरिएको इएमजी मेसिन पनि सञ्चालनमा आएको छ । यसले नसा च्यापिएको भए पनि सजिलै पत्ता लागेर समाधानका लागि उपचार गर्न सकिने प्राविधिक कर्मचारी वीरेन्द्रकुमार यादवले बताए ।

यसका साथै अस्पतालमा मानसिक रोगको प्रभावकारी उपचारका लागि परीक्षणका लागि खरिद गरेर ल्याइएको इइजी मेसिन पनि सञ्चालनमा आएको छ । यसका साथै फोक्सोको अवस्थाका विषयमा परीक्षणका लागि आएको पिएफटी मेसिन पनि सञ्चालनमा आएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

Techie IT