Techie IT
२०८३ भदौ २, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलएसिया कप खेल्ने भारतीय टोलीमा रोहित, विराटदेखि बुमराहसम्म

एसिया कप खेल्ने भारतीय टोलीमा रोहित, विराटदेखि बुमराहसम्म


एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले एसिया कपका लागि सोमबार भारतीय टोलीको घोषणा गरेको छ । टोलीको कप्तानी रोहित शर्माले सम्हाल्नेछन् ।

हार्दिक पाण्ड्या टोलीको उपकप्तान रहनेछन् । विकेटकिपर केएल राहुल र श्रेयस अय्यर टोलीमा फर्किएका छन् । स्पिनर युजवेन्द्र चहलले भने टोलीमा स्थान पाएका छैनन् । तर, फास्ट बलर जसप्रित बुमराहले एसिया कप खेल्ने भएका छन् । यस्तै, सन्जु सामसनलाई ‘रिजर्भ’मा राखिएको छ ।

ब्याटर सूर्यकुमार यादव र तिलक वर्मा सर्वाधिक चर्चामा रहेको नम्बर ४ मा परेका छन् ।

एसिया कप अगस्ट ३० देखि पाकिस्तान र श्रीलंकामा खेलिनेछ । भारतको पहिलो खेल सेप्टेम्बर २ मा पाकिस्तानसँग हुनेछ । यस प्रतियोगितामा नेपाल र पाकिस्तानसँगै भारत समूह ए मा परेको छ । योसँगै समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।

भारतीय टोलीः
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, सूर्यकुमार यादव, तिलक वर्मा, केएल राहुल, इशान किशन, हार्दिक पाण्ड्या (उपकप्तान), रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, जसप्रित बुमराह, मोहम्मद शामी, मोहम्मद सिराज, प्रसिद्ध कृष्ण




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न

ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेत

काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको

डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियो

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे

Techie IT