Techie IT
२०८१ वैशाख १६, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनप्रकाश र अन्नुको ‘गैरी खोला बनैमा’ म्युजिक भिडियो सार्वजनिक

प्रकाश र अन्नुको ‘गैरी खोला बनैमा’ म्युजिक भिडियो सार्वजनिक


काठमाडौँ। गायक प्रकाश तामाङ तितुङ, र पछिल्लो समयकी सफल गायिका अन्नु चौधरीको स्वरमा ‘गैरी खोला बनैमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

बिक्रम तामाङ मलाकीको शब्द तथा संगीत रहेको गीत काठमाण्डौको एक रेस्टुरेन्टमा प्रेसमिटको आयोजना गर्दै सार्वजनिक गरिएको हो। आग्गा लामाको एरेञ्ज तथा अशोक महर्जनको मिक्सिङ रहेको गीत ‘खुइले बाजे’ युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ।

बिक्रमको कोरियोग्राफी तथा निर्देशन रहेको म्युजिक भिडियोमा स्वयम बिक्रम (खुइले बाजे), पछिल्ललो समय चर्चित मोडल मिस पवि र उमेश राई (फुलन्देकी आमा) फिचर्ड छन्। जातभात भन्दा बढी माया ठुलो भन्ने सन्देश बोकेको गीतमा सेलो भाका र सुदुरपश्चिमको भाकालाई फ्युजन गरिएको छ। सोहि अनुसार नै प्रिमिल जोडीको प्रेम सम्वन्धलाई म्युजिक भिडियोमा देखाइएको छ। गीतको भाव अनुसार मिस पवि र बिक्रमको जोडीको जमेको छ।

कार्यक्रममा बोल्दै गायक प्रकाशले सुदुरपश्चिमको भाका पहिलो चोटी गाउदा फरक अनुभव भएको बताए। त्यस्तै गायिका अन्नुले सुदुरपश्चिमको भाका र सेलो भाकाको गीत गाउने अफर आउने बित्तिकै मनपरेको बताइन्। गीत रेकर्डको दिन सम्झिदै अन्नुले भनिन्, गाउदापनि एकदमै सहज, एमदमै मिठो मेलोडी।’

मोडल मिस पविले पनि गीतको शब्द र संगीतको प्रसंसा गर्दै भनिन्, ‘सुदुरपश्चिमेली लवज र सेलोमा एकदमै मिठो लागेको थियो।’ उनले थप्दै भनिन्, गीतको शब्द सेलोमा नाच्न आउदैन, साच्चिकै मलाई सेलोमा नाच्न आउदैन थियो।’ निर्देशन, कोरियोग्राफी र अभिनय एकसाथ गर्न गाह्रो भएको बिक्रमले बताए। उनले भने ‘टिमको साथले सफल भयौ।’ कार्यक्रममा चर्चित गायक दिपक लिम्बु पनि उपस्थित भएर गीतको सफल्ताको शुभकामना दिएका थिए।

बिक्रमको निर्देशन, कोरियोग्राफी र अभिनय रहेको म्युजिक भिडियोलाई दिपेन बस्न्यातले सिनेमाटोग्राफी र एडिटको काम सम्हालेका छन्। यस भिडियोको करल बिष्णु खड्काको रहेको छ, भने टार्जन लिम्बुको ड्रोन रहेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित

काठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्

सुरज पण्डितले ल्याए ‘रातो किताब’

काठमाडौँ । म्यूजिक भिडियो रेलको बाटोको सफलतासँगै लोकप्रिय बनेका गायक सुरजले तीन वर्ष पछि अर्को कर्णालीकै कथा ब्यथामा आधारित रातो

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

Techie IT