Techie IT
२०८२ भदौ २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनभदौ १५मा नारायण रायमाझीको एकल साँझ हुने

भदौ १५मा नारायण रायमाझीको एकल साँझ हुने


काठमाडौंँ। बिशिष्ट लोकदोहोरी गायक तथा संगीतकार नारायण रायमाझी एकल साँझमा गुन्जने भएका छन्। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले यहि भदौ १५ गते प्रज्ञाप्रतिष्ठान कमलादीमा रायमाझीको एकल साँझ आयोजना गर्ने भएको हो।

नेपाल टेलिकम मुख्य प्रयोजक रहेको एकल साँझको ‘नारायण रायमाझी साङ्गीतिक साँझ–२०८०’ नाम दिइएको छ।
कार्यक्रममा गायक रायमाझीले आफ्ना लोकप्रिय पुरानादेखि नयाँ दर्जनबढी गीत प्रस्तुत गर्नेछन्। प्रतिष्ठानले पहिलो पटक श्रष्ठाको एकल साँझ आयोजना गर्न लागेको हो।

सोमबार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रम गर्दै प्रतिष्ठानले एकल साँझको बिभिन्न पक्षबारे जानकारी गराएको छ।

कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले अग्रज कलाकारको सम्मान, लोककला र संस्कृितको संरक्षण गर्ने उद्देश्यका साथ यो बर्षबाट एकल साँझ आयोजना थालेको जानकारी दिइन्।

‘हामीले अबदेखि हरेक बर्ष एक अग्रज कलाकारको एकल साँझ आयोजना गर्ने उदेश्य राखेका छौ। त्यसै अनुरुप यो बर्ष नारायण रायमाझी एकल साँझ हुन लागेको हो’, थापाले भनिन्।

कार्यक्रममा गायक तथा संगीतकार रायमाझीले प्रतिष्ठान जस्तो गरिमामय संस्थाले गर्न लागेको पहिलो एकल साँझमा आफु छनोटमा पर्नु भनेको आफ्नो अहोभाग्य भएको बताए। उनले आयोजना हुन लागेको एकल साँझ आफ्नो जीवनकै पहिलो एकल साँझ भएकोले आफ्ना लागि चुनौती र अवसर दुबै रहेको धारणा राखे।

‘जीवनमा एकल साँझ गरिन्थ्यो, गरिदैन थियो । प्रतिष्ठानले एक अवसर दिएको छ’, रायमाझीले भने ‘कताकता डर, कताकता उत्साह लागि रहेछ। म पनि एउटा नयाँ अनुभव गर्दैछु।’ जीवनका सुख, दुःखका नयाँ तथा पुराना गीतसंगीत दर्शक समक्ष पोख्ने सुवर्ण अवसरको रुपमा एकलसाँझलाई आफुले लिएको उनले सुनाए।

‘जीवनमा धेरै गीत गाइयो। कार्यक्रममा सबै गीत प्रस्तुत गर्न सकिदैन होला। सकेसम्म सबै खालका रंगले भरिएका गीतहरु राख्नेछु’, उनले अगाडि थपे ‘अलिकति भावना, अलिकति संस्कृति बोकेका, सबैको मन छोएका, जीवनमा आफुलाई सन्टुष्टि मिलेका जतिसक्दो धेरै गीत राख्ने कोसिस गर्नेछु।’
कार्यक्रममा नेपाल टेलिकमका प्रवन्धक हरि ढकालले लोक गीतसंगीत राष्ट्रको पहिचान भएका बताउदै लोक गीत संगीतको अग्रज श्रष्ठाको कार्यक्रममा जोडिन पाउँदा खुसी लागेको बताए।

दिनको १ देखि ७ बजेसम्म ६ घन्टा चल्ने एकल साँझमा करिब हजारौ दर्शक हुने अपेक्षा आयोजकको छ। प्रज्ञाप्रतिष्ठानको हल भित्र भिआइपीहरुका लागि प्रत्यक्ष हेर्न र सुन्ने ब्यवस्था गरिने र बाहिर चौरमा स्क्रिन मार्फत सर्वसाधारणका लागि हेर्ने र सुन्ने ब्यवस्था हुनेछ। कार्यक्रमको खर्च तिस लाख हुने आयोजकले अनुमान गरेको छ। क्लालिटी साउन्ड सिस्टम सहित उत्कृष्ट तरिकाले आयोजना हुने कार्यक्रमका लागि टिकटको समेत ब्यवस्था गरिनेछ।

एकल साँझको प्रोमो समेत सार्वजनिक गरिएको कार्यक्रममा प्रतिष्ठानका पुर्व अध्यक्ष तथा संरक्षक दुर्गा रायमाझी, चन्द्र शर्मा, बद्री पंगेनी, राजन लम्साल, उज्वोल जंग ठकुरी, रामचन्द्र कोइराला, आरसी कोइराला, प्रेमराजा महत लगायत थुप्रै ब्यक्तिहरुको सहभागीता रहेको थियो।

पाल्पा जिल्ला साबिकको झडेवा वडा नं. ५ र हाल माथागढी गाउँपालिका वडा नं. ४ देउवीर, गोठादीमा वि.सं. २०२० सालमा जन्मिएका गायक रायमाmभी लोक गीतसङ्गीतमै जीवन समर्पण गर्ने ब्यक्ति हुन्। २०४२ सालमा कारगिल (रेलिमै) बाट आफ्नो साङ्गीतिक यात्राको थालनी गरेका रायमाझीका भईफुलबुट्टे चोलीमा, राम्दीपूल तरने बित्तिकै, राम्दी पूल तर्ने, गेटमा बेलीजाई, कालो केशमा रातो रिबन, शिरमा रिबन, तिनाउ खोलामा, पसिनाले पैसा साटेर, माया पैंचो नदेउ साईंली, लाइछौ बेशन, नमुछे आमा दहीमा टीका, हाँसेर बोलीदेऊ माया, सान्नानीले झुक्कायो मलाई लगायतका सयौँ लोकप्रिय गीतहरू छन्।

रायमाझीले ‘गोर्खा पल्टन’, ‘परदेशी’ र ‘परदेशी २’ लगायतको फिल्म पनि निर्माण निर्देशन गरेका छन्। ‘परदेशी २’ प्रदर्शनमान आउन बाँकी रहेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT